2026-09-18 09:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दो

पुस २९, म्याग्दी । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत म्याग्दीको बेनी नगरपालिकासहित ३५ गाविसमा स्वास्थ्य बिमा सदस्यता दर्ता घरदैलो अभियान सुरु गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीको संयुक्त आयोजनामा सुरु गरिएको सो अभियानमा सर्वसाधारणको आर्कषण बढ्दै गएको अभियानमा खटिएका सहयोगीले बताए । 

स्वास्थ्य बिमा दर्ता गर्न ४३ जना दर्ता सहयोगी नियुक्त गरी उनीहरुलाई आवश्यक तालिमसहित घर–घरमा स्वास्थ्य बिमाका लागि पठाइएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले जनाएको छ । 

सरकारले उपलब्ध गराउँदै आएका स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन यो कार्यक्रम ल्याएको छ, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका डा. रोशन न्यौपानेले भन्नुभयो –यो कार्यक्रमलाई विपन्न र दुर्गम क्षेत्रको पहुँचसम्म पु¥याउने गरी ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीले समेत सहयोग गरिरहेका छन् । 

अभियानमा खटिएका सहयोगीले सर्वसाधारणको घरदैलोमै पुगेर स्वास्थ्य बिमाको महत्वका बारेमा बुझाइरहेका छन् । भने दुर्गम क्षेत्रमा समेत सर्वसाधारणले बिमाप्रति चासो देखाउन थालेपछि सहयोगीलाई सहज भएको छ । 

कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार दुई हजार ५०० र पाँच जनाभन्दा बढी भएमा प्रति सदस्य रु ४२५ का दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने व्यवस्था रहेको छ । 

सरकारले आर्थिक वर्ष २०७०÷७१ बाट पहिलो चरणमा नेपालका तीन जिल्ला कैलाली, बागलुङ र इलाम तथा दोस्रो चरणमा म्याग्दीसहित थप २२ जिल्लामा यो कार्यक्रम लागू गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई