2026-09-19 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीको हत्या गरी दाहसंस्कार गर्ने श्रीमान प्रहरी फन्दामा

नरी बडु/पुस २९, बैतडी । पत्नीको हत्या गरी दाहसंस्कार गरेको आरोपमा जिल्लाको भौनेली–५ का २५ वर्षिय देवन्द्र बहादुर कुवरलाईलाई प्रहरीले पक्राउ गरेको छ ।

पुष २४ गते राती २३ वर्षिय देवकी कुवरको हत्या गरेका देवन्द्रले गाँउलेको सहयोगमा २५ गते बिहान दाहसंस्कार गरेका थिए । आरोपीलाई प्रहरीले २७ गते राती घरबाटै गिरप्तार गरेको छ । माईती पक्षलाई जानकारी नगराई दाहसंस्कार गरेपछि माईती पक्षले प्रहरीलाई पुष २७ गते बेलुका खबर गरेका थिए । 

उजुरी भने पुस २९ गते दर्ता भएको छ । देबेन्द्रका दाई जयबहादुर कुवरकी पत्नी भागरथि कुवर र देवकी कुवर दिदी बहीनी हुन् । देवकीको हत्या गरी आफुसंग रहेको मोबाईल समेत खोसेको  देवकीकी बहिनी १९ वर्षिय भागरथि  कुवरले बताए ।

दाहसंस्कार गरेर मलामी फर्केपछि मात्रै आफुलाई मोबाईल दिएको र पछि आफुले माईतमा जानकारी गराएको भागरथीले बताए । राती हत्या गरिएकी देवकीको शव २६ गते बिहान झिस्मीसेमै गाँउलेहरुको सहयोगमा दाहसंस्कार गरिएको थियो ।

आरोपीलाई हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख (डिएसपि) हेरम्ब शर्माले बताए ।
फाइल तस्बिर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई