Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-09-19 07:01 PM
दाङ्ग - DNG

देउखुरीको लमहीमा महोत्सव स्थल सार्न माग गर्दै प्रजिअलाई ज्ञापन पत्र

सन्तोषकुमार गुप्ता । देउखुरी २९ पुस । जिल्ला क्रिक्रेट संघ दाङले लमहीमा आयोजना गर्न थालीएको महोत्सव क्रिक्रेट मैदानमा नभई अनेत्र लगाउन माग गरेको छ । देउखुरी उद्योग वाणिज्य मुख्य आयोजक र होटल ब्यवसायी समिति ईकाइ लमही सह आयोजक वनेर माघ ५ गते देखी १५ गते सम्म लमहीको निर्माणाधिन क्रिक्रेट मैदानमा महोत्सव सञ्चालन गर्न थालेपछी जिल्ला क्रिक्रेट संघको एक टोलीले आज प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेलाई ज्ञापन पत्र वुझाउदै महोत्सव स्थल सार्न माग गरेको हो ।
संघका अध्यक्ष प्रदीप मज्गैयाँको नेतृत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष शुदीप गौतम, पत्रकार सविन प्रियासन, शरद अधिकारी, क्रिक्रेट संघका उपाध्यक्ष अशोक रोका, प्रशिक्षक सञ्जु केसी लगाएत खेलाडीहरुको टोलीले महोत्सव स्थल सार्न माग गर्दै ज्ञापन पत्र वुझाएको हो । लमही नगरविकास समितिले अलपत्र अवस्थामा रहेको क्रिक्रेट मैदान निर्माण गर्न यस वर्ष ८२ लाख वढी रकम खर्चीदैछ । असार मसान्त सम्म काम सक्नेगरी मैदान निर्माणको काम सुरु गरेको गुप्तेश्वर निर्माण सेवाले अहीले सम्म ७५ प्रतिशत काम सम्पन्न गरीसकेको छ । तर, यही निर्माणाधिन मैदानमा महोत्सव सञ्चालन गर्न थालीएको भन्दै स्थानीय स्तरवाट विरोध सुरु भएको छ । खेलाडी र खेल प्रति चासो राख्ने संघ संस्था र ब्यक्तिहरु यसको विरोधमा छन् । उनिहरुले क्रिक्रेट मैदानमा नभएर अनेत्र महोत्सव सञ्चालन गर्न माग गरेका हुन् । यता महोत्सवको मुख्य आयोजकदेउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरेले माघ ५ गते देखी १५ गते सम्म आयोजना गरिने महोत्सव क्रिक्रेट मैदानमा सञ्चालन गर्ने वारेमा राजनैतिक दलहरुको सहमती दिएको र सोही अनुसार क्रिक्रेट मैदानमा महोत्सव सञ्चालन गर्न थालीएको वताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो