2026-10-15 10:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बाहिनी अड्डा जुम्लाले अधिकरण गरेको जग्गाको मुआब्जा वितरण

नन्दराम जैशी/माघ १, जुम्ला । २४ नम्बर बाहिनी अड्डा जुम्लाद्धारा अधिकरण जग्गाको मुआब्जा वितरण भैरहेको छ । 

२०६१/६२ सालमा अधिकरण गरिएको जग्गा दररेडमा सहमति भएपछि मुआब्जा वितरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो । 

उहाँले भन्नुभयो, मालपोतकै दररेडमा मोब्जा वितरण गरिएको छ । मालपोतको दररेड अनुसार खेतीयोग्य जमीनको प्रति वर्ग क्षेत्रको २ हजार रुपैया र पाखो जग्जाको ७ सय रुपैयाका दरमा मुआब्जा वितरण गरिएको हो ।        

मोब्जा १ सय ३० जना जग्गावालाहरुका लागि ८ करोड ५६ लाख रुपैया निकासा भएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो । पहिला दररेडमा विवाद भएर रकम निकासा भएको थिएन अहिले सहमति भएपछि रकम निकासा भएकोले मुआब्जा वितरण शुरु गरिएको उहाँले बताउनुभयो । आचार्यवाडा, भण्डारीवाडा, खोलीकोट र बुथ्वाडाका गरी १ सय ३० जनाले मोब्जा प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालय, जुम्लाले बताएको छ ।       

चन्दननाथ ४ डाडाकोटका धनबहादुर नेपालीले भने,  धेरै लामो समयपछि जग्गाको लागि मुआब्जा प्राप्त भएको छ यसैमा चित्त बुझाएको छौ । उहाँका अनुसार राज्यले ०६१÷०६२ सालदेखि जग्गा अधिकरणले नागरिकले खनजोत गरेपनि किनबेच गर्न भने पाएका थिएनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने