2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा भारतीय उद्योगका मदिरा बरामद

माघ २, बनियानी (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुवागढी–५ स्थित चारआली सडकखण्डबाट प्रहरीले ३० बोतल सिक्किमे मदिरा बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पशुपतिनगरबाट आएको यात्रुवाहक बस जाँच गर्दा उक्त मदिरा बरामद गरेको हो । दुई बोरामा राखिएका अवस्थामा मदिरा बरामद गरिएको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ । 

बरामद गरिएको मदिरा साढे सात सय मिलीलिटर परिमाणको रहेको तथा त्यसमा सिक्किम र हनिबी नाम गरेको कम्पनी उल्लेख भएको सीमा सुरक्षा कार्यालयका प्रहरी निरीक्षक चुनराज थापाले बताउनुभयो । करिब रु २४ हजार मूल्य बराबराको सो मदिरालाई शनिबार नष्ट गरिएको छ । 

त्यसैगरी इलाका प्रहरी कार्यालय पशुपतिनगरले भारतीय अवैध मदिरा नष्ट गरेको छ । प्रहरीले पशुपतिनगर गाविसबाट बेवारिसे अवस्थामा फेला पारेको भारतको सिक्किममा उत्पादित विभिन्न उद्योगका ७८ बोतल मदिरा र ८४ बोतल बियर बरामद गरी नष्ट गरेको प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । 

इलामको पशुपतिनगर नाकाबाट भारतीय सिक्किम उद्योगका प्रतिबन्धित मदिरा नेपाल भित्रिने गरेको छ । सो मदिरा इलाम, झापा, मोरङ र सुनसरीका बजारमा बिक्री वितरणका लागि लैजाने गरेको खुलेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई