पर्वत । सरस्वती माध्यमिक विद्यालय बाजुङ १ पोखरेमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई योग शिक्षा प्रदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सरस्वती माध्यमिक विद्यालय बाजुङ १ पोखरेमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई योग शिक्षा प्रदा"/>
2026-09-20 02:50 AM
पर्बत - PBT

सरस्वतीमा माविमा विद्यार्थीलाई योग शिक्षा

पर्वत । सरस्वती माध्यमिक विद्यालय बाजुङ १ पोखरेमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई योग शिक्षा प्रदान गरिएको छ । स्वास्थ्य र समृद्ध राष्ट्र निमार्णका लागी घरघरबाट योग अभियान शुरु गर्नुपर्छ भन्ने अभिप्रायका साथ आत्मनिरीक्षणद्वारा आफ्नो परिबर्तनको लागी भन्दै योग शिक्षा दिइएको विद्यालयले जनाएको छ । आनपान सती ध्यान बिधि,बुद्धद्वारा समाधिको निम्ति प्रयोगमा ल्याइएको बिधि, शान्तिको लागि बुद्धको स्तुति लगाएतका ध्यानहरु विद्यार्थी र शिक्षकलाई सिकाइको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर पौडेलले बताए ।

कार्यक्रममा रुचिपूर्ण सहभागिता समेत भएको र आध्यात्मिक चेतना जागरण को अभियान को रुपमा योगालाई लिइएको उनले बताए । पहिलो चरणमा कक्षा ९ र १० का विद्यार्थीलाई दोस्रो चरणमा ७,८ र ९ का विद्यार्थी र तेस्रो चरणमा शिक्षक र अभिभावकलाई योग शक्तिको बारेमा जानकारी गराउने तयारी भैराखेको विद्यालयले जनाएको छ । राष्ट्रिय योग दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । सहभागीहरुले शारिरिक तथा मानसिक रुपमा स्वस्थ्य बनाउपनी योग आवश्यक रहेको बताएका थिए ।  मानिस स्वस्थ्य रहेमा मात्र समाज स्वस्थ्य रहने भन्दैै योग आवश्यक रहेको  कार्यक्रममा बताइएको थियो ।  कार्यक्रममा काठमाडौं र पोखराबाट योग गुरुहरु  आएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो