माघ ३, नवलपरासी । नेपाल बिद्यार्थी संघले भर्खरै युट्युबमा सार्बजनिक भएको चलचित्र छक्का पन्जा टिमका सबै चलचित्र नवलपरासीमा प्रतिबन्ध गर्न आवहान गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ३, नवलपरासी । नेपाल बिद्यार्थी संघले भर्खरै युट्युबमा सार्बजनिक भएको चलचित्र छक्का पन्जा टिमका सबै चलचित्र नवलपरासीमा प्रतिबन्ध गर्न आवहान गरेको छ ।

2026-07-11 04:11 AM
नवलपुर - NWL

नवलपरासीमा छक्का पन्जा टिमका सबै चलचित्र चल्न नदिने

2017-01-16

माघ ३, नवलपरासी । नेपाल बिद्यार्थी संघले भर्खरै युट्युबमा सार्बजनिक भएको चलचित्र छक्का पन्जा टिमका सबै चलचित्र नवलपरासीमा प्रतिबन्ध गर्न आवहान गरेको छ ।

चलचित्र छक्का पन्जाको पाइरेसीमा मुछिएका नवलपरासी कावासोतीका कृष्ण सुबेदीको संकास्पद मृत्युको र त्यसको निस्पक्ष छानबिनको माग गर्दै नेपाल बिद्यार्थी संघ नवलपरासीले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आइतबार प्रेस बिज्ञप्ति जारि गर्दै संगठनले निस्पक्ष छानबिन गरि दोषीलाई कारवाही नभएसम्म छक्का पन्जा टिम घटनासंग जोडिएकाले त्यस टिमले उत्पादन गरेका कुनैपनि चलचित्र नवलपरासीका हलमा चल्न नदिने बताएको छ ।

त्यति गर्दा पनि दोषी उपर कारवाही नभए थप आन्दोलनका कार्यक्रम ल्याउने नेपाल बिद्यार्थी संघले जनाएको छ ।

'नोबेल कलेज सिनामंगलमा अध्यानरत कृष्ण सुबेदी गत पुस २८ गते आफ्नै कोठामा संकास्पद तरिकाले झुन्डिएको अवस्थामा भेटिनु र नोटमा आफुलाई पटक-पटक मार्ने धम्कि आउने उल्लेख भएकाले घटना गम्भीर भएको भन्दै दोषीलाई छिटो भन्दा छिटो पहिचान गरि कारवाही गर्न जोडदार माग गर्दछ' संघका जिल्ला अध्यक्ष राजेश पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

चलचित्र पाइरेसी गरेको उजुरी परेपछि केहि दिन अघि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धानका क्रममा सुवेदीसहित चार जनासँग सामान्य सोधपुछ गरेको थियो । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले पाइरेसी गर्ने व्यक्ति अर्कै भएको र उनीहरुको संलग्नता नदेखिएकाले सचेत गराएर छाडेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट