2026-09-18 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बिममा खानेपानी आयोजना निर्माण

माघ ४, म्याग्दी । म्याग्दीको बिममा करिब रु एक करोडको लागतमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । 

बिमको वडा नं ८ र ९ मा पर्ने बाइन्दफाँटमा रु ९५ लाख एकहजारको लागतमा ओखले बिमवाङ खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको हो । जिविसअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएको परियोजनाबाट एकसय १२ घरधुरी लाभान्वित भएका छन् । 

गाउँका सबै घरमा निजी धारा जडान गरिएको परियोजनाका फिल्ड संयोजक प्रगति कार्कीले जानकारी दिनुभयो । मालिका बालविकास केन्द्र, मालिका प्रावि र आमा समूहको भवनमा थप तीनवटा छुट्टै धारा जडान भएका छन् । 

नेपाल सरकार, फिनल्याड सरकार, जिविस, गाविस र उपभोक्ताको संयुक्त लगानीमा आयोजना निर्माण भएको हो । नेपाल र फिनल्यान्ड सरकारले बराबर रु २६ लाख ६१ हजार पाँचसय नौका दरले लगानी गरेको आयोजनामा जिविसले रु तीन लाख ८० हजार ४७ सहयोग गरेको छ । 

गाविसले रु पाँच लाख ७० हजार लगानी गरेको आयोजना सम्पन्न गर्न उपभोक्ताले रु ३२ लाख २८ हजार ४५ बराबरको श्रमदान गरेका छन्् । घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानीयवासीलाई सहज भएको छ । सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएका बाइन्दफाँटका बासिन्दालाई सुबिधा भएको हो । 

टाढाबाट पानी ओसार्नुपर्ने झन्झट हटेको छ । समयको बचत भएको छ । मिटर जडान भएकाले आयोजनाको संरक्षण, मर्मतसम्भार र दिगो सञ्चालनमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर जुक्जालीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई