ललित बोहरा । माघ ४ डडेल्धुरा । सरकारी निकायको उदासिनताका कारण डडेल्धुरा जिल्लाका अधिकांश मासु पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेका छन । पशुपक्षी मन्त्रालयले र सरकारले तोकेको चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएर मात्र मार्न तथा काट्न पाउने व्यवस्था ऐनमा भए पनि यहाँ त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । माघ ४ डडेल्धुरा । सरकारी निकायको उदासिनताका कारण डडेल्धुरा जिल्लाका अधिकांश मासु पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेका छन । पशुपक्षी मन्त्रालयले र सरकारले तोकेको चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएर मात्र मार्न तथा काट्न पाउने व्यवस्था ऐनमा भए पनि यहाँ त्"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा, सम्बन्धित निकाय मौन !

२०७३, ४ माघ मंगलवार १७:०१

ललित बोहरा । माघ ४ डडेल्धुरा । सरकारी निकायको उदासिनताका कारण डडेल्धुरा जिल्लाका अधिकांश मासु पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेका छन । पशुपक्षी मन्त्रालयले र सरकारले तोकेको चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएर मात्र मार्न तथा काट्न पाउने व्यवस्था ऐनमा भए पनि यहाँ त्यसो त परै जाओस सामान्य मापदण्ड समेत पुरा नगरि मासु पसलहरु सञ्चालनमा रहेका छन । जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले बिभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालनको नाममा र आफु खुसी गरी जिल्लाभर २८ मासु पसलहरु सञ्चालनमा रहेको छन । यी मध्येहरु पनि धेरै जसो सदरमुकाममै अव्यवस्थीत तथा फोहरै फोहोरले भरीएका स्थानहरुमा मासुपसलहरु रहेका छन । एक स्वच्छ मासु पसल सञ्चालन गर्नका लागि बिभिन्न मापदण्ड पुरा गर्नु पर्ने भएपनि यहाँ त्यसो नभएको जिल्ला पशु सेवा कार्यालय डडेल्धुराका पशु बिकास अधिकृत खडक शाहले स्वकार गरेका छन् । मापदण्ड बिपरीत सञ्चालन गरिएका यस्ता किसिमका पसल सञ्चालकहरुलाई स्थानीय निकायहरुले कार्वाही गरिनु पर्ने पशु बिकाश अधिकृत साहले बताउनु भएको छ । माछामासु तथा दूधजन्य पदार्थमा तुरुन्तै ब्याक्टेरियाको सङ्क्रमण हुने भएकाले मासुपसल सञ्चालकहरुले यसमा ध्यान दिन जरुरी रहेको उहाँको भनाई छ । ब्याक्टेरियाको सङ्क्रमणबाट जोगाउन सफासुग्घर राख्नुपर्ने भएपनि अधिकांश मासुपसल अव्यवस्थित जाली र सिसा नराखेको अवस्थामा रहेका छन ।

    जसका कारण यो समयमा सामान्य हावाहुरी चल्दा समेत मासुमा धुलो तथा फोहोरजन्य बस्तुहरु मासुमा सजिलै मिसिने गर्दछन । डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा अस्वस्थकर मासु खरिद विक्री भइरहेको सर्वसाधारणहरुको गुनासो समय–समयमा सुन्न पाईन्छ । यस्तै मासु पसल व्यवस्थित गर्न समय–समयमा अनुगमन गरि मन्त्रालय सम्म प्रतिबेदन पठाएको र पछिललो जानकारी जिल्ला पशुसेवा कार्यालयले जानकारी नगराएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा संयुक्त अनुगमन समितीका संयोजक करुणाकर अबस्थीले बताउनु भएको छ । अनुगमन भएतापनि मासु–पसल सञ्चालकहरुको लार्पवाही रहेकोले कावाहीका लागी जिल्ला पशु सेवा कार्यालयले पनी पहल थालनु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी अबस्थीको भनाई थियो । यसरी बेला–बेलांमा अनुगमन कार्यलाई तीब्रता राख्दा राख्दैपनि अटेर भई लार्पवाही गरिनु उनीहरुको मानवता नभएको बताउनु भएको छ । यसका लागि नियमनकारीले मात्र नभई मासु पसल सञ्चालक स्वयमले जिम्मेवार बन्नुपर्नेमा उहाँको भनाई छ । मानिसको स्वाथ्यमा प्रत्यक्ष असर गर्ने मासुजन्य वस्तुहरु ब्यबस्थीत तथा दर्ता नै नगरी सञ्चालन गरिएका मासु पसलबाट मासु खरिद गरी प्रयोग गरेपछि रेबिज जस्ता प्राण घातक रोगहरु ब्यापक फैलीएपछि जिम्मेवार को हुन्छ त ? त्यसैले मासु खरिद बिक्रि गर्दा उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै फ्रिज लगायतका साधनहरुको व्यवस्था गरिनुका साथै मापदण्ड पुरा गरी बिक्रि गर्नु आवश्यक छ । मापदण्ड पूरा नगरेका यस्ता मासुपसलहरुलाई खुलेआम यसरी सञ्चालन गर्न नदिई स्थानीय प्रशासनले समय–समयमा अनुगमन गरि हदै सम्मको कार्वाही गरिनु आवश्यक छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ