कृष्ण कँडेल/माघ ५, बागलुङ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङले आगामी फागुनमा स्थापनाको २५ औँ बर्षगाँठ तथा रजत महोत्सव मनाउने भएको छ । 

क्याम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/माघ ५, बागलुङ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङले आगामी फागुनमा स्थापनाको २५ औँ बर्षगाँठ तथा रजत महोत्सव मनाउने भएको छ । 

क्याम्"/>

2026-09-19 06:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निसीभुजी क्याम्पसले फागुनमा रजत महोत्सव तथा अधिवेशन गर्ने


कृष्ण कँडेल/माघ ५, बागलुङ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङले आगामी फागुनमा स्थापनाको २५ औँ बर्षगाँठ तथा रजत महोत्सव मनाउने भएको छ । 

क्याम्पस व्यवस्थापन समितिको मंगलबार भएको बैठकले फागुन ११ गते विशेष कार्यक्रम सहित रजतमहोत्सव मनाउने निर्णय गरेको क्याम्पस सञ्चालन समितिका अध्यक्ष धिरप्रतापसिंहले जानकारी दिनुभयो । 

सो अबसरमा क्याम्पसको नवनिर्मित १२ कोठे भवन उद्घाटन गरिने छ । २०४८ सालमा स्थापित बागलुङ निर्वान क्षेत्र नम्बर–३ कै एक मात्र क्याम्पसको २५ औँ बर्षगाँठ कार्यक्रममा उपस्थित हुने सम्पुर्ण सहभागीको प्रमुख आतिथ्यतामा गरिने सञ्चालक समितिले जनाएको छ । 

कार्यक्रमको एकजना मात्र प्रमुख अतिथि, अन्य अतिथि नभई सवै उपस्थित व्यक्तित्व प्रमुख अतिथि रहने र सवैले एक एक वटा दिप प्रज्वलन गरि भवन सहित रजत जयन्तिको उद्घाटन हुने क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले जानकारी दिनुभयो । 

क्याम्पस्को स्थापना र सञ्चालन तथा भौतिक संरक्षना निर्माण जस्ता सवै कार्यमा स्थानिय विभिन्न सरोकारवालाको ठुलो सहयोग रहेकाले उपस्थित सम्पुर्ण व्यक्तित्वले प्रमुख अतिथिको रुपमा दिप प्रज्वलन गरेर कार्यक्रम गर्न लागिएको क्याम्पसले जनाएको छ । रजतमहोत्वसको अवसरमा क्याम्पसको स्मारिका प्रकाशन गर्ने तयारी समेत भएको छ । 

रजत महोत्सव कार्यक्रमको भोली पल्ट फागुन १२ गते क्याम्पस सञ्चालक समितिको ८ औँ अधिवेशन गर्ने निर्णय पनि भएको छ । बर्तमान सञ्चालक समितिको कार्यकाल फागुन ११ गतेसम्मका लागि भएकाले नयाँ व्यवस्थापन समिति गठन सहित जिम्मेवारी हस्तान्त्रण गर्ने गरि अधिबेशन गर्न लागिएको हो । 

बैठकले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई प्रत्यक बर्ष प्रदान गर्ने गरि जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष स्थापना गर्ने निर्णय पनि गरेको सञ्चालक समितिका उपाध्यक्ष तुल्सीराम आर्यालले जानकरी दिनुभयो । 

कोषका लागि सहयोग थप सहयोग गर्न यस अघि क्याम्पसका लागि ७ लाख तथा १४ लाख सहयोग गर्ने ७ जना सहयोगदातालाई आग्रह गर्ने निर्णय भएको छ । यि सहयोग दातालाई जनहि १ लाखका दरले सहयोग गर्न अनुरोध गरिने छ । 

यसरी स्थापना हुने ६ लाख रुपैयाँ भन्दा बढिको कोषबाट प्रत्यक बर्ष क्याम्पसबाट उकृष्ट अंक प्राप्त गरेर उतिर्ण हुनेलाई एक बर्ष भरीको सम्पुण शुल्क तिर्न पुग्ने गरि छात्रवृत्ति प्रदान गरिने सञ्चालक सदस्य टंकप्रसाद पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई