२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

उद्योग बाणिज्य संघद्वारा निशुल्क आँखा शिविरको समिक्षा

२०७३, ५ माघ बुधबार ०२:५४

कृष्ण कँडेल/माघ ५, बागलुङ । बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाइले गत पुसमा सञ्चालन गरेको ३ दिने निशुल्क आँखा शिविरको समिक्षा गरेको छ । ईकाईको मंगलबार भएको बैठकमा शिविर अपेक्षा अनुसार नै सफल भएको निष्कर्ष आएको अध्यक्ष चिन्तामणी शर्माले जानकारी दिनुभयो । 

अर्को बैठक माघ ८ गते गर्ने निर्णय भएको छ । यो बैठकपछि आँखा शिविरको आम्दानी खर्च सार्बजनिक गरिने अध्यक्ष कँडेलले जानकारी दिनुभयो । हिमालय आँख अस्पताला घारिपाटन पोखराको प्राविधिक सहयोग, बागलुङ उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईको आयोजना र नेपाल नेत्रज्योती संघ बागलुङको समन्वय तथा स्थानिय संघ संस्थासँगको सहकार्यमा पुस २२ गते देखि २४ गतेसम्म शिविर सञ्चालन गरिएको थियो । शिविरबाट ८२ जनाको आँखाका शल्यक्रिया भएको थियो भने १ हजार ३ सय १० जनाले सेवा लिएका थिए । 

बैठकमा बुर्तिबाङ महोत्सव आयोजना गर्ने विषयमा पनि छलफल भएको थियो । जिल्ला विकास समिति बागलुङ, बुर्तिबाङ नगर विकास समिति, नेपाल पर्यटन बोर्ड लगायतका संघसंस्थाहरुसँग सहकार्य गरि बुर्तिबाङ महोत्सव गर्ने विषयमा छलफल भएको अध्यक्ष शर्माको भनाई छ । 

महोत्सवको विषयमा आगमी बैठकमा थप छलफल हुनेछ । बैठकले उद्योग बाँणिज्य संघको सदस्यता नविकरणका लागि आएका निवेदन माघ १५ गते भित्र बागलुङ उद्योग बाँणिज्य संघको कार्यालय पठाउने निर्णय पनि गरेको छ । बुर्तिबाङ ईकाईमा ६८ जना व्यवसायी आवद्ध रहेका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ