2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

‘आचरण र व्यवहारलाई सेवाग्राही मैत्री बनाउ’

माघ ६, मोरङ । पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले आचरण र व्यवहारलाई सेवाग्राही मैत्री बनाउन मोरङका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । 

विभागिय निर्देशनको पालना गर्दै समय पालना र नियमिततालाई ध्यान दिएर तोकिएको पोशाक र परिचय पत्र लगाउन पनि उहाँले निर्देशन दिनुभयो ।    

जिल्ला प्रशासन कार्यालय मोरङमा आज भएको कार्यालय प्रमुखहरुको बैठकमा सिंहले सबै कार्यालयहरुले प्रभावकारी समन्वय गरेर सेवाग्राही मैत्री वातावरणमा सेवा प्रवाह गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले सार्वजनिक सेवालाई थप सक्षम, सहज, प्रभावकारी र पारदर्शी बनाउने विषयमा कुनै पनि सम्झौता नगर्न निर्देशन दिनु भयो ।      

सम्बन्धित निकायले आफ्नो जिम्मेवारी भित्र पर्ने विषयमा नियमित अनुगमन गर्नु पर्नेमा उहाँको जोड छ । विकास निर्माणका कार्यलार्य तीव्र रुपमा अगाडि बढाई ठेक्कापट्टा खरिद, निकासा लगायतका कार्य समयमै गरेर पूँजिगत खर्च बढाउन र गुणस्तरमा सम्झौता नगर्न कार्यालय प्रमुखहरुलाई उहाँको निर्देशन छ ।   

 सिंहले सबै कार्यालयले बेरुजु फर्छौटलाई प्राथमिकतामा राखेर सुशासन एवं वित्तिय अनुशासन कायम गर्नु पर्ने बताउनु भयो । उहाँले सकारात्मक नतिजा हाँसिल गर्नेतर्फ पनि केन्द्रीत बन्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई