2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

घरेलु उद्योगमा आकर्षित हुँदै रोल्पाली महिला

माघ ६, रोल्पा । रोल्पाका महिला साना उद्योगतर्फ आकर्षित भएको देखिएको छ । 

घरेलु तथा साना उद्योग विकास समिति, रोल्पामा पछिल्ला दिनमा दर्ता भएका साना उद्योगमध्ये अधिकांश महिलाले सञ्चालन गर्ने गरी उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका कार्यालय प्रमुख बालकृष्ण आचार्यले जानकारी दिनुभयो । 

जिल्लामा हाल फर्निचर, ग्रिल, अल्लो कपडा, मह उत्पादन, सिलाइ कटाइ, बाख्रापालन, कुखुरापालन, झोला, बेकरी, होटल र कम्प्युटर प्रशिक्षणलगायत गरी एकहजार तीनसय ६० वटा उद्योग दर्ता भएको भए पनि असङ्गठित रुपमा थप दुई हजारभन्दा बढी उद्योग सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाले जनाएको छ । 

महिलाले सञ्चालन गरेका उद्योग दिगो रहने र प्रायः घाटामा पनि नगएका कारण उनीहरु आकर्षित हुँदै गएको बताइएको छ । महिलालाई उद्यमतर्फ थप आकर्षण गर्न सरकारले बिना धितोमा रु एकलाखदेखि पाँच लाखसम्म ऋणसमेत दिने गरेको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । 

उद्यमीमध्ये करिब २५ प्रतिशत वैदेशिक रोजगारीमा गई फर्केका रहेको बताइएको छ । घरेलु तथा साना उद्योग विकास समिति तथा अन्य निकायवाट तालिम लिई उद्यम सञ्चालन गरिरहेका समेत जिल्लामा करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष र त्योभन्दा ठूलो सङ्ख्याले अप्रत्यक्ष रोजगारी पाइरहेको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । 

उद्यमी र उद्योगको सङ्ख्या वृद्धि सँगै जिल्लामा चालु आर्थिक वर्षको ६ महिनामा रु ४० लाखभन्दा बढी राजस्व जम्मा भएको तथा यो दर अघिल्लो वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत वृद्धि भएको घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई