महेन्द्र केसी पर्वत । राष्ट्रिय बालशिक्षा सदन अंग्रेजी आवसिय माध्यमिक विद्यालय कुश्मामा खेलकुद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । राष्ट्रिय बालशिक्षा सदन अंग्रेजी आवसिय माध्यमिक विद्यालय कुश्मामा खेलकुद"/>
2026-09-20 02:50 AM
पर्बत - PBT

राष्ट्रिय बालशिक्षा सदनमा खेलकुद सप्ताह शुरु

महेन्द्र केसी पर्वत । राष्ट्रिय बालशिक्षा सदन अंग्रेजी आवसिय माध्यमिक विद्यालय कुश्मामा खेलकुद सप्ताह शुरु भएको छ । विद्यार्थीहरुको शारिरिक, मानसिक, बौद्धिक तथा संबेगात्मकको बृद्धि र विकासको लागि खेलकुद सप्ताहको आयोजना गरेको विद्यालयले जनाएको छ । 

खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङले मंगलबार उक्त कार्यक्रमको उद्घाटन गरे । उनले खेलकुद मानिसहरुको लागि अपरिहार्य भएको र खेलकुदको माध्यमबाटनै नै एकता र सदभावका साथै अन्तराष्ट्रिय स्तरमा समेत देशको पहिचान बढाउने सक्ने माध्यम भएको बताए । गुरुङले खेलको माध्यमबाटनै व्यक्तित्व र राष्ट्रिय पहिचान हुने र यसले स्वास्थ्यलाई पनि निकै मजबूत बनाउने तर्क गरे ।

कार्यक्रममा गुरुङले जिल्लाको खेलकुद विकासको लागि आवश्यक पूर्वधार निर्माण कार्य अगाडि बढिरहेको बताए । उनले गत बर्ष १ करोड बराबरको लागतका खेल मैदान निर्मण तथा मर्मत कार्य भएको र अहिले पनि ७० लाख बराबरको लागतमा खेलकुद विकासको लागि आवश्य पूर्वधारहरु निर्माण गर्ने तयारी भैराखेको बताए । उनले अबको केहि महिनामै जिल्लामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना समेत हुने बताए ।

विद्यालयका प्रिन्सिपल रामकृष्ण रेग्मीले बालबालिकाकाहरुलाई खेलकुदको माध्यमबाट बौद्धिक एवं नैतिक अनुशासन शिक्षा प्रदान गर्नको लागि खेलकुद सप्ताहको आयोजना गरेको बताए । उनले यहि माघ ६ गतेदेखि ९ गतेसम्म हुने खेलकुद सप्ताहव्यापी कार्यक्रममा विद्यालयमा रहेका विभिन्न हाउस र विद्यार्थीहरुविच प्रतिस्पर्दा हुने जनाए ।

सप्ताहव्यापी कार्यक्रममा कक्षा ६ देखि १० सम्म एथलेक्टिस, व्याडमिण्टन सिंगल र डबल, फुटबल, भलिबल, क्रिकेट, चेस, कर्वडी लगायतका खेलहरु हुनेछन् । एथलेक्टिस अन्तरगत १ सय मिटर दौड, २ सय मिटर दौड, ४ सय मिटर दौड, ८ सय मिटर दौड, १५ सय मिटर दौड, हाइजम्प, लङजम्प सटफुट, जबेलिङ थ्रो, एक सय मिटर र ४ सय मिटर रिले दौड हुनेछन् । यी खेलहरु छुट्टाछुट्टै छात्रछात्रा इभेन्ट हुनेछ ।

त्यसैगरी नर्सरी देखि पाँच कक्षा सम्मका विद्यार्थीहरुलाई लक्षित गरी स्पोन रेस, इनआउट, तातो आलु, स्वीट रेस, म्याथमेटिकल रेस, निडल रेस, ब्रेक बेलुन, म्यूजिकल चियर, चेस र कर्बडी हुने खेल संयोजक तथा विद्यालयका भाइस प्रिन्सिपल थानेश्वर ढकालले जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्र प्रसाद शर्माले बालबालिकाको व्यक्तित्व विकासको लागि खेलकुदले ठूलो टेवा पुग्ने बताए । उनले खेलको माध्यमबाट विद्यार्थीले आत्मानुशासनको पालना र जितको लागि प्रतिस्पर्दा गर्नुपर्ने रहेछ भन्ने सोचको विकास गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो