रासस । माघ ६ डडेल्धुरा । डडेल्धुराको अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास बस्न बाध्य भएका छन । साहुबाट मुक्त भएपनि पुर्नःस्थापना नहुँदा भेटा गाउँका मुक्त हलिया ५ वर्षदेखि जङ्गलमा बस्न बाध्य भएका हुन । पाँच वर्षका लागि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रासस । माघ ६ डडेल्धुरा । डडेल्धुराको अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास बस्न बाध्य भएका छन । साहुबाट मुक्त भएपनि पुर्नःस्थापना नहुँदा भेटा गाउँका मुक्त हलिया ५ वर्षदेखि जङ्गलमा बस्न बाध्य भएका हुन । पाँच वर्षका लागि "/>
2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

पुर्नःस्थापना नगरिदा डडेल्धुराको अशिग्रामका मुक्त हलियाहरु जङ्गलकै बास

रासस । माघ ६ डडेल्धुरा । डडेल्धुराको अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास बस्न बाध्य भएका छन । साहुबाट मुक्त भएपनि पुर्नःस्थापना नहुँदा भेटा गाउँका मुक्त हलिया ५ वर्षदेखि जङ्गलमा बस्न बाध्य भएका हुन । पाँच वर्षका लागि डडेल्धुरा जिल्ला वन कार्यालयले उपलब्ध गराएको कबुलियती वनमा १५ घर परिवार मुक्त हलिया टहरामा कष्टपूर्ण जीवन जिउन बाध्य भएका छन । उक्त कार्यालयसँग गरेको सम्झौता अवधि समेत सकिएको अशिग्रामका मुक्त हलिया भोजबहादुर सार्कीले बताउनु भएको छ ।

        चिसोसँगै ओढ्ने बिछ्याउने र लगाउने न्यानो लुगाको अभावमा मुक्त हलियाको जनजीवन झनै कष्टकर बनेको मुक्त हलिया सार्कीको भनाइ छ । चिसो मौसमसँगै न्यानो लुगा नभएपछि आफूहरुलाई रात बिताउन समस्या भएको उनीहरुको गुनासो छ । चिसोका कारण सो समुदायमा बढी जसो बालबालिका र वृद्धवृद्धा मारमा परेका छन । साँझ बिहान छाक टार्नका लागि समेत समस्या हुने गरेको अर्का मुक्त हलिया लालबहादुर सार्कीको गुनासो छ । सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लामा १९ हजार ५९ मुक्त हलियामध्ये एक हजार ५०० घर परिवारको आफ्नो घर समेत नभएको मुक्त हलिया समाज महासङ्घ डडेल्धुराले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो