2026-07-11 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

मणिलेक साक्षर गाबिस घोषणा भए संगै डडेल्धुरामा साक्षर गाविसको संख्या दश

धुर्ब बिष्ट, माघ ७, डडेल्धुरा । १८ गविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरामा साक्षर गाविसको संख्या १० पुगेको छ । शुक्रबार जिल्लाको मणिलेक गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १० पुगेको हो । ‘डडेल्धुरा जिल्लाको दशौ साक्षर गाविस मणिलेकको शान, साक्षर मणिलेक गाबिसबासीको पहिचान’ भन्ने मूल नाराका साथ एक बृहत कार्यक्रमका बीच गाविसलाई जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीद्धारा साक्षर गाबिस घोषणा गरिएको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालय औपचारीक शिक्षा केन्द्रले साक्षरताका लागी तय गरेका १२ वटा मापदण्ड मध्ये मणिलेक गाविसले गाविसमा रहेका १५ देखि ६० वर्ष उमेरका कुल जनसंख्या ३ हजार २ सय ६८ जना मध्ये ३ हजार १ सय २५ जनाले साक्षरताका लागि तोकिएको न्युनतम ७ वटा मापदण्ड पुरा गरेकाले गाविसलाई साक्षर घोषण गरिएको सामुदायिक सिकाई केन्द्र मणिलेकका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनु भएको छ । जिल्ला शिक्षा कार्यालय डडेल्धुरा, जिल्ला बिकास समिति, जिल्ला अनौपचारीक शिक्षा समीती र सामुदायिक सिकाई केन्द्र मणिलेकको संयूक्त आयोजनामा घोषणा समारोह सम्पन्न भएको हो । जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्री प्रमुख अथिति रहनु भएको उक्त औपचारिक कार्यक्रममा बिशिष्ट अथितिको रुपमा प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंह रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी खत्रीले यस क्षेत्रको शिक्षाको बिकासका लागि आफु जस्तो सुकै सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ । कार्यक्रममा बिभिन्न क्षेत्रबाट गाविसलाई साक्षर गाविस बनाउन सहयोग गर्नुभएका व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर प्रंशसापत्र सहित सम्मान गरिएको थियो । मणिलेक गाबिसको बगालमा सम्पन्न औपचारिक घोषणा समारोहमा जनचेतनामूलक नाटक तथा बिभिन्न सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको आयोजकले जनाएको छ । घोषणा समारोहमा जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका पदाधिकारी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, वडा नागरिक मञ्चका पदाधिकारी, वालक्लब, किशोरी समुह, आमा समुह, शिक्षक, बिद्यार्थि, दलित, जनजाती, अपाङ्गता भएका व्यक्ति, महिला, समाजसेवी, बुद्धिजिवि लगायत सम्पुर्ण सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । यसअघि गत मगंलबार मात्रै कैलपालमाण्डौ गाबिसलाई जिल्लाको नवौँ साक्षर गाबिस घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट