राजु श्रेष्ठ/माघ ८, विराटनगर । देशमा सूचनाका हक सम्बन्धी ऐन लागु भएको नौ वर्ष पूरा भए पनि पूर्वाञ्चल विश्व विद्यालय (पूवि) मा आजको मितिसम्म पनि सूचना अधिकारीको न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राजु श्रेष्ठ/माघ ८, विराटनगर । देशमा सूचनाका हक सम्बन्धी ऐन लागु भएको नौ वर्ष पूरा भए पनि पूर्वाञ्चल विश्व विद्यालय (पूवि) मा आजको मितिसम्म पनि सूचना अधिकारीको न"/>
2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सूचनाको हक कुष्ठित गर्दै पूर्वाञ्चल विश्व विद्यालय

राजु श्रेष्ठ/माघ ८, विराटनगर । देशमा सूचनाका हक सम्बन्धी ऐन लागु भएको नौ वर्ष पूरा भए पनि पूर्वाञ्चल विश्व विद्यालय (पूवि) मा आजको मितिसम्म पनि सूचना अधिकारीको नियुक्ति गरिएको छैन् । जसले गर्दा पाँच वर्ष पहिलेदेखि नै पटक पटक सूचना पाउन माग हुने निवेदनहरु आए पनि दर्ता नै हुदैनन् ।

नागरिकको सूचना पाउने संवैधानिक तथा मौलिक हक अधिकार विरुद्धमा पूविले निवेदन दर्ता नगरेको हो । २०६९ सालमा पनि पटक पटकको ताकेता र राष्ट्रिय सूचना आयोगको आदेशबाट बाध्य भएर पूविका परिक्षार्थिले आफ्नो उत्तरपुस्तिका प्राप्तगर्न भएको निर्णयको प्रमाणित प्रतिलिपि दिएको थियो । उक्त निर्णयमा २०६९ साउन २४ मा बसेको पूवि कार्यकारी परिषद्को बैठकको निर्णय नं. २१३३ अनुसार सातवटा शर्तहरु राखिएका छन् । 

निर्णयको शर्त नं. (घ) र (ङ) मा भने उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपि उपलव्ध गराउनको लागि प्रति विषय रु.५०००।– शुल्क तोकिएको छ भने परीक्षकले दिएको अंक पनि गोप्य राख्ने विषय उल्लेख गरेको छ । जुन निर्णय हकसम्वन्धी ऐन, २०६४ र नियमावली २०६५ को नियम ४(१) विपरीत हो । जसले नागरिकको सूचनामा सहज पहुँचलाई असहज मात्रै पारेको छैन्, सूचनाको हकलाई नै कुण्ठित गरेको छ । यो विषयमा पुनः विचार गर्न आयोगमा श्रेष्ठले उजुरी पनि गरेका थिए । 

आयोगले सो उजुरीमाथि आदेश गरी २०७०।२।२२ मा सूचनाको हक कुण्ठित नहुने गरी पुनः शुल्क निर्धारण गर्न र अंक गोप्य नराख्ने विषयमा पूर्वाञ्चल विश्वविद्यालयका नाममा आदेश जारी गरिएको थियो । तर पूवि तीन वर्षको अवधिमा पनि कुनै चासो देखाएको छैन् । 

पूविमा विभिन्न समयमा हुने विद्यार्थिहरुको हक हितको लागि भन्दै विद्यार्थि संगठन र पूविका कर्मचारी संगठनहरुले आन्दोलन गरे पनि विद्यार्थीको प्रत्यक्ष सरोकारको उत्तरपुस्तिकाको प्रतिलिपि लिने विषयमा भने कसैले चासो नदिएको श्रेष्ठको गुनासो छ । पूर्वाञ्चल विश्वविद्यालयमा २३ हजार ५ सय ३९ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थी संख्याका दृष्टिकोणले मुलुकै तेस्रो ठूलो विश्वविद्यालयमा पर्ने यो विश्वविद्यालयले शिक्षा, मानविकी, चिकित्सा, ब्यवस्थापन, इन्जिनियरिङ, कानुन विषय पठाउँदैं आएको छ । 

यो विश्वविद्यालय अन्तर्गत ५ आंगिक क्याम्पस र १२६ वटा सम्बन्ध प्राप्त कलेजहरु संचालनमा रहेका छन् । यदि यो निर्णय लागु हुने हो भने देशै भरमा रहेका पूवि अन्तरगतका का साढे तैहीस हजार विद्यार्थिहरु प्रत्यक्ष रुपमा लाभाम्वित हुने थिए ।

सूचनाको हक अन्तरगत २० वर्ष अघिसम्मको सूचना नागरिकले माग दावि गर्न पाउने प्रावधान छ । विगत पाँच वर्ष देखि यो अभियानमा लागि रहेका सूचनाको हकका अभियन्ता तथा वकालतकर्ता श्रेष्ठ भन्छन् पूविमा यो बीचको पाँच वर्षमा धेरै कर्मचारीहरुको फेरबदल भयो तर मानसिकता भने अझै परिवर्तन नभएको बताए । यो पौषको २६ गते पुनः सूचना माग गर्दै सूचना अधिकारीलाई सम्बोधन गरी लिएर गएको निवेदनमा तोक लागेन । 

पूविका रजिष्टार प्रमिला थापा काठमाण्डौं जाने टिकट भएको कारणले निवेदन अध्यन गर्न भ्याइन भन्दै तोक नलाई पूविको गाडिमा चडि बहिर लागेकी थिइन् । निवेदकले जसरी पनि यो निवेदन आज दर्ता हुनै पर्छ यदि हुदैन भने दर्ता नहुने कारण लिखित रुपमा दिनु पर्छ भन्ने जिकिर गरे पनि कर्मचारी दिपक खनालले यसलाई बुझिलिएको भरपाई बनाई दिदै प्रतिलिपि निवेदनमा छाप लगाएर आफ्नो ९८५२०५४३९९ फोन नम्बर दिएका थिए । सूचनाको हक सम्बन्धी ऐन लागु भएको १० वर्ष लागे पनि पूविमा अझै सूचना अधिकारीको नियुक्ति गरिएको छैन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई