2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

डण्डा र अमरापुरीमा टेलीफोन लाईन बिस्तार हुने

दयाराम आचार्य । पुस ४, नवलपरासी । कावासोतीमा रहेको नेपाल टेलिकम शाखाले
कावासोती नगरपालिका डण्डा बजार र नवलपरासीको अमरापुरीमा ल्यान्डलाईन फोन बिस्तार गर्ने भएको छ

नेपाल टेलिकम कावासोती शाखाका प्रमुख कुल प्रसाद भुषालले
दिनुभएको जानकारी अनुसार बजार क्षेत्र र जनधनत्व बढि भएको ठाउलाई प्राथामिकतामा राखेर सेवा बिस्तार
गर्ने क्रममा कावासोतिको डण्डा र अमरापुरी क्षेत्रमा ल्याडलाईन सेवा बिस्तार गर्न लागिएको हो ।
उहाका
अनुसार यसै आर्थिक बर्ष भित्रमा डण्डा क्षेत्र र अमरापुरीमा ल्याड लाईन बिस्तार गर्ने योजना रहेको छ

क्षेत्रीय कार्यलय भैरहवाले टेण्डर प्रकिया बढाएर उपकरण आएको
खण्डमा यसै आर्थिक बर्षमा लाईन बिस्तार हुने समेत उहाले बताउनु भयो ।
डण्डा क्षेत्रमा कावासोतीबाट
लाईन लगेर केहि फोन बितरण गरेको भए पनि माग र जनघनत्व बढीरहेकाले त्यस क्षेत्रमा नया एक्सेन्ज निर्माण
गरी ल्यान्ड लाईनको बिस्तारको योजना रहेको यस्तै अमरापुरीमा रजहरबाट टेलीफोन तार बितरण गरीएको मा पटक
पटक तार चोरी भएपछि रोकिएको पुरानो लाईलाई बिस्थापित गरी पुन नया लाईन जडानको योजना रहेको उहाले बताउनु
भयो । अमरापुरी क्षेत्रका लागि पनि सोहि क्षेत्रमा सामान्य कार्यलय निर्माण गरी नया एक्सेन्ज मार्फत
सेवा बिस्तार गरीने भुषालले बताउनु भयो

कावासोती नगरपालिको
हात्तिखोर , बिष्णुनगर ,मगरकोट र डण्डा सम्म लाईन पुगेको भए पनि नगरपालिकालाई लक्षित गरी आवश्यकता र माग
अनुसार दिर्घकालिन रुपमा नगरपालिकाका अन्य क्षेत्रमापनि लाईन बिस्तारको योजना समेत रहेको बताउनु भयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई