Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
नवलपुर - NWL

नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाईते

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

दयाराम आचार्य/पुस ५, नवलपरासी । नवलपरासीको दाउन्नेदेवि
गाविस वडा नम्बर ७ को भित्री सडकखण्डमा गएराती ट्याक्टर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । ४ जना
घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार
सेमरीबाट बर्दघाटतर्फ आउदै गरेको लु १ त ६,१५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पटिल्दा बर्दघाट ५
निवासी १६ वर्षिया अञ्जु चौधरी गम्भिर घाईते भई लुम्बीनी अंचल अस्पताल बुटवलमा उपचारको क्रममा ज्यान
गएको हो ।

घाईते सबैको अवस्था मध्यम रहेको र अहिले बुटवलमै
उपचार भैरहेको प्रहरीले जनाएको छ ।