2026-09-18 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको दुर्गममा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

माघ ९, म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका प्राविधिक जनशक्तिको अभाव भएको छ । 

चारवटा स्वास्थ्य संस्था करार दरबन्दीका स्वास्थ्यकर्मीले धानेका छन् । अधिकांश स्वास्थ्य संस्थामा प्रमुखविहीन छन् । दरबन्दीअनुसारका प्राविधिकको पदपूर्ति नहुँदा दुर्गमका सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित भएका मुनाका यामबहादुर भण्डारीले बताउनुभयो । 

छजनाको दरबन्दी भएको मुना स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगीसहित दुईजना मात्र छन् । “एक÷एकजना हेल्थ असिस्टेन्ट र अनमीसँगै दुईजना अहेबको गत महिना एकैपटक सरुवा भयो”, भण्डारीले भन्नुभयो – “एकजना करार अनमी र कार्यालय सहयोगीले संस्था धानेका छन् ।” 

सदरमुकाम बेनीदेखि दुई दिनमा पुगिने म्याग्दीको सबैभन्दा दुर्गम गाविस गुर्जामा कार्यरत चारजना स्वास्थ्यकर्मीको अघिल्लो महिना एकैपटक सरुवा भयो । कार्यरत कर्मचारीको सरुवा भएको र नयाँ कर्मचारी नआएकाले समस्या भएको गुर्जाका बासिन्दाले बताएका छन् । 

“दुर्गम भएकाले कर्मचारी आउनै मान्दैनन्, आए पनि यहाँ पूरा समय बसेर काम गर्दैनन्”, गुर्जाका अगुवा रिद्धबहादुर छन्त्यालले भन्नुभयो – “तालिम, गोष्ठीको बहानामा सदरमुकाम जाने स्वास्थ्यकर्मी महिनौँसम्म उतै हराउँछन् । सर्वसाधारण आधारभूत औषधि उपचार सेवाबाट वञ्चित छन् ।” 

मुना र गुर्जासँगै भुरुङ तातोपानी, पाखापानी स्वास्थ्य चौकीमा कार्यरत दरबन्दीका सबै स्थायी स्वास्थ्यकर्मी सरुवा भएपछि अहिले करारमा नियुक्त भएका कर्मचारीले धानेका छन् । पर्याप्त जनशक्ति नहुँदा भएका स्वास्थ्यकर्मीलाई कामको बोझ बढेको भगवती स्वास्थ्य चौकीका प्रमुख टीकाबहादुर शाहीले बताउनुभयो । 

विभिन्न तहका ६ जनाको दरबन्दी रहेको भगवती स्वास्थ्य चौकीमा हाल दुईजना मात्र प्राविधिक छन् । बिरामीको स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण, प्रसूति केन्द्र, गाउँघर क्लिनिक र कार्यालय सञ्चालन गर्न सीमित जनशक्तिलाई समस्या भएको शाहीले बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा रहेका ४१ वटा स्वास्थ्य संस्थामा हाल १११ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ । २४ वटा स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट पद रिक्त छ । जिल्ला अस्पतालमा तीनजना हेल्थ असिस्टेन्ट र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा तीनजना अहेबको दरबन्दी खाली भएको अस्पतालका नायब सुब्बा रामचन्द्र रेग्मीले बताउनुभयो । 

मन्त्रालय, विभाग र क्षेत्रीय निर्देशनालयले जिल्लासँग समन्वय नगरीकन केही स्वास्थ्य संस्थाका सबै कर्मचारीको सरुवा गरिदिएकाले समस्या भएको जिल्ला स्वास्थ्य प्रमुख, वरिष्ठ चिकित्सक रोशन न्यौपानले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई