2026-09-18 11:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विवाह बिथोल्न आएका २० जना युवा प्रहरी फन्दामा

माघ ९, मोरङ । मोरङको टाँडी–४ स्थित भवानी लावतीको विवाह बिथोल्ने र विवाहमा आएका पाहूनामाथि हातपात गर्ने २० जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति साढे ११ बजे करिब ५० जनाको सङ्ख्यामा रहेका युवा समूहले विवाह विथोल्नुका साथै विवाह आसपासका प्रत्येक घरपरिवारलाई अश्लिल शब्द बोल्दै ज्यान मार्ने धम्की दिएको पीडितले बताएका छन् । 

उनीहरुले विवाह घरभित्र पसेर लोकन्दीहरुको कपाल जगल्टीनुका साथै कुटपिट समेत गरेको पीडितले आरोप लगाएका छन् । रातभर विवाहमा अवरोध सिर्जना गरिरहेपछि स्थानीय वासिन्दाले टाँडीस्थित अस्थायी प्रहरी चौकीमा खबर गरेका थिए । टाँडी प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिन नसकेपछि उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोली त्यहाँ पुगेर उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा उर्लाबारी–१ का २२ बर्षिय शम्भु राई, २१ बर्षिय नविन लिङदेन, २६ बर्षिय तिलक राई, उर्लाबारी–२ का २१ बर्षिय सिमन राई, २० बर्षिय किरण लिङदेन, २१ बर्षिय प्रितम राई, २० बर्षिय दिपेश घले, १८ बर्षिय मनिष राई, उर्लाबारी–५ का २५ बर्षिय आशिष आचार्य, टाँडी–८ का १९ बर्षिय राम लिम्बु, २४ बर्षिय सारु मगर, २४ बर्षिय अशोक लिम्बु, २० बर्षिय शम्भु लिम्बु, १८ बर्षिय विशाल लिम्बु, १९ बर्षिय लक्ष्मण लिम्बु, १९ बर्षिय दर्शन खड्का, २३ बर्षिय दिशन लिम्बु, १९ बर्षिय प्रशान्त लिम्बु, मधुमल्ला–४ का १८ बर्षिय असिन लिम्बु र २० बर्षिय दिपेन राई छन् । पक्राउ परेका युवाविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई