2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा सवारी साधान कार्वाहीबाट ४५ लाख बढि राजश्व संकलन

दयाराम आचार्य/ माघ
१०, नवलपरासी ।  
जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीले सवारी साधान कार्वाही बाट यस आर्थिक
बर्षको आधा अवधिमा ४५ लाख ६१ हजार ९ सय रुपैया राजश्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीले दिएको जानकारी अनुसार यस आर्थिक बर्षको श्रावण १
गते देखि पुस मसान्त सम्ममा ९ हजार ४ सय ५० वटा सवारी साधान कार्वाहीबाट सो राजश्व संकलन गरेको जनाएको छ

यस आर्थिक बर्षको छ महिनाको अवधिमा सबै भन्दा बढि राजश्व ६ हजार ३ सय ७३ वटा ट्रक कार्वाहीबाट
३४ लाख ४१ हजार ४ सय रुपैया संकलन भएको छ ।

यस्तै ४ हजार १ सय ९२
वटा बस कार्वाहीबाट २ लाख १८ हजार रुपैया, ६ सय ६१ वटा जिपकार कार्वाहीबाट २ लाख ८ हजार ५ सय रुपैया, ५
सय ७ वटा ट्याक्टर कार्वाहीबाट १ लाख ४९ हजार ४ सय रुपैया, १ हजार ३ सय १२ वटा मोटरसाईकल कार्वाहीबाट ५
लाख ४४ हजार ६ सय रुपैया राजश्व संकलन भएको कार्यलयले जनाएको छ ।

त्यस्तै चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा पुस महिनामा सवै भन्दा बढि २ हजार ३ सय वटा
सवारी कार्वाहीबाट १२ लाख ३० हजार ३ सय रुपैया र सबै भन्दा कम अशोज महिनामा १ हजार वटा सवारी कार्वाही
बाट ४ लाख ६८ हजार १ सय रुपैया राजश्व संकलन भएको समेत कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई