माघ ९, सुर्खेत । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतको नेल्टा इन स्कुल अभियान अन्तर्गत नेल्टा क्लब गठन गर्ने र कार्यक्रमहरू आयोजना गर्ने प्रक्रिया ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ९, सुर्खेत । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतको नेल्टा इन स्कुल अभियान अन्तर्गत नेल्टा क्लब गठन गर्ने र कार्यक्रमहरू आयोजना गर्ने प्रक्रिया ति"/>
2026-08-30 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेल्टा क्लबहरू वक्तृत्वकला प्रतियोगिता गर्दै

माघ ९, सुर्खेत । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतको नेल्टा इन स्कुल अभियान अन्तर्गत नेल्टा क्लब गठन गर्ने र कार्यक्रमहरू आयोजना गर्ने प्रक्रिया तिब्र बनाएको छ ।  

सुर्खेतको पूर्वी भागमा रहेको आदर्श माध्यमिक विद्यालय, लेखापर्सामा सुरेन्द्र सुनारको अध्यक्षतामा आदर्श  नेल्टा क्लब गठन भएको छ  जसको उपाध्यक्षमा मिदेश फौजा, सचिवमा सन्देश पौडेल, सहसचिवमा कृष्णा सिंजाली, कोषाध्यक्षमा राजेन्द्र सुनार  र सदस्यहरूमा कर्ण बहादुर सुनार, चादनी पौडेल, मिना महर, ममता फौज, लेलिन फौजा र देबी रोकाया रहेका छन् । 

फोकल पर्सनको रुपमा अंग्रेजी शिक्षक विष्णु प्रसाद शर्मा   र सल्लहाकार दुर्गा गौतम रहेका छन् र उक्त नेल्टा क्लबले विद्यार्थी जीवनमा अनुशासनको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरी पवित्र दर्लामीलाई जिल्ला स्तरको प्रतियोगितामा छनौट गरेको नेल्टा सुर्खेतका सदस्य दल बहादुर शाहीले जानकारी दिए र त्यसै गरी ह्युरिष्टिक नेल्टा क्लबले नेवारेले आयोजना गरेको वत्रित्वकला प्रतियोगितामा गायत्री सापकोटा प्रथम भई जिल्ला स्तरको प्रतियोगितामा छनौट भएको फोकल पर्सन गोपाल ओलीले जानकारी दिए र सिद्धार्थ नेशनल नेल्टा क्लव सुर्खेतले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा रीतिका राना मगर प्रथम भई जिल्ला स्तरको प्रतियोगितामा छनौट भएको फोकल पर्सन निर्मला सापकोटाले बताइन । 

त्यसै गरी काक्रेविहार नेल्टा क्लब घुस्राले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पुजा बुढा क्षेत्री प्रथम भई जिल्ला स्तरको प्रतियोगितामा छनौट भएको फोकल पर्सन रविन्द्र बि.सी.ले जानकारी दिए । 

नेल्टा सुर्खेतले शनिवार फोकल पर्सनहरूका लागि एक दिने तालिम तथा अभिमुखीकरण तालिमको आयोजना गरेको र उक्त भेलाबाट जिल्ला स्तरीय प्रतियोगिताको मिति तय गर्ने नेल्टा सुर्खेतका अध्यक्ष विष्णु कुमार  खड्काले जानकारी दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने