माघ १०, नवलपरासी । नवलपरासीको डेढगाउँमा डोजरमा च्यापिएर एक जनाको ज्यान
गएको छ । डेढगाउँ र तनहुँको भगवतीपुर गाविस जोड्ने कालीगण्डकी नदीको
खर्सानमा निर्माण भइरहेको पुलमा काम गरिरहेको डोजर आईतबार पल्टिँदा डोजरका सह चालक २१ वर्षे साजन
श्रेष्ठको ज्यान गएको हो । मृतक डेढगाउँ– ६ का हुन् ।