दयाराम आचार्य/ माघ ११, नवलपरासी । नवलपरासीको दुम्किवासमा रहेको एक
फर्नीचरमा गएराती आगलागी भएको छ ।
ईलाका प्रहरी कार्यलय
नवलपुरले दिएको जानकारी अनुसार दुम्किवासमा रहेको नारायणी फर्चिनरमा आगलागी भएको हो । आगलागी बाट तयारी
भएका फर्निचरका सामाग्रि लगाएत गरी करीब ३ लाख ५० हजार बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ
। आगलागी बाट कुनै मानवीय क्षति भने नभएको जनाईएको छ ।
फर्नीचरमा काम गर्ने कामदारहरुले राति आगो तापेर ननिभाई सुतेको र सोहि आगो बाट आगलागी भएको
प्रहरीले जनाएको छ । आगो करीब एक घण्टा पछि स्थानिय र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिईएको थियो
।