2026-09-19 11:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा भित्री मधेसका बाढीपीडित वर्षौंदेखि जङ्गलमा

माघ १०, डडेल्धुरा । डडेल्धुरा भित्री मधेस क्षेत्रका बाढीपीडित विस्थापित भएको वर्षांै बितिसक्दा पनि जङ्गलमा नै बसिरहेका छन् । 

बाढीले घर जमिन पूरै बगाएपछि ५९ घरपरिवारको पुनःस्थापना नहुँदा विगत आठ वर्षदेखि जङ्गलमा बास बसिरहेका छन् । सरकारले पुनःस्थापना नगर्दा भित्री मधेसको परशुराम नगरपालिका नजिकैको जङ्गलमा आफूहरुले चिसोमा कष्टकर जीवन भोगिरहेको बाढीपीडितको दुखेसो रहेको छ । 

विसं २०६५ मा जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–६ लाई रङ्गुन नदीले बगाउँदा एउटा सिङ्गो गाउँ नै बगरमा परिणत भएको स्थानीय बाढीपीडित भानबहादुर साउदले बताउनुभयो । रङ्गुन नदी र खहरेले आठ वर्ष अगाडि वडा नम्बर– ६ का बस्ती बगाएर बगर बनाउँदै लगेको पीडितले विगत सम्झँदै बताए । 

हालसम्म वडा नम्बर ६ का, ठन्नजला, पट्यानी, बिरेपानी, मल्लो सिमलखेतको बस्ती बगरनै रहेकोे साउदले बताउनुभयो । बाढीपीडित भई जाने सर्वसाधारण पुनःस्थापना नहँुदा जङ्गल मासेर बसेका छन् । विभिन्न निकायसँग गुहार माग्दा समेत पुनर्वास हुन नसकेको एक अर्का जङ्गलमा बस्दै आएका पीडित प्रदीप पन्तले बताउनुभयो । विस्थापित भएका परिवारको गणनानै नभएको पीडितको भनाइ रहेको छ । 

वडा नम्बर ६ का अढाइ सय घर परिवारमध्ये १५० घरपरिवारको घरखेत बगेर विस्थापित हुनुपरेको थियो । जसमध्येका २०६५ मा बाढीपीडित भएका ५९ घरपरिवारलाई सरकारले पुनर्वास गर्ने भनेको थियो तर अहिलेसम्म उनीहरुको समेत पुनर्वास नभएको स्थानीय बाढीपीडित बिर्खे साउदको भनाइ रहेको छ । 

सरकारले भित्री मधेसमा रङ्गुन नदी र खहरेबाट बस्ती संरक्षण गर्न रु एक अर्ब १८ करोडको लगानी तीन वर्षमा पूरा हुने गरी गुरुयोजना लागू गरेको भएता पनि आउ“दो आर्थिक वर्षमा मात्रै वडा नम्बर ६ समेटिने जनाएको छ । गुरुयोजनाको पहिलो चरणको काम जोगबुढा र परिगाउँबाट सुरु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो