2026-09-19 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

सिद्धबाबामा पहिरो रोक्न ‘रकनेट’ प्रविधिको परीक्षण सुरु

माघ १०, पाल्पा । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो रोकथामका लागि ‘रकनेट’ प्रविधिको परीक्षण सुरु गरिएको छ । 

बर्सेनि १५/२० जनाको ज्यान लिँदै आएको सिद्धबाबा आसपासको पहिरो नियन्त्रणका लागि रकनेट प्रविधिको परीक्षण गर्ने काम सुरु गरिएको हो । 

सिद्धबाबादेखि दोभानसम्म चट्टानसहितको तीन किलोमिटर सडक पहिरोका कारण जोखमपूर्ण बन्दै गएपछि नियन्त्रणका लागि रकनेट प्रविधिको प्रयास थालिएको छ । सडकमाथिबाट खस्ने चट्टाने पहिरो सुरक्षित तरिकाले रोक्न नमुनास्वरुप ‘रकनेट’ (जाली) प्रविधिको जडान सुरु गरिएको छ । अहिले माथिल्लो सिद्धबाबा छरछरे नजिकै यो परीक्षणको काम भइरहेको छ । 

नमुना परियोजनाका रुपमा जियोटेक सोलुसन्स इन्टरनेसनल प्रालिले पहिरो रोकथामका लागि अस्ट्रियाको प्रविधि राख्न सुरु गरेको हो । प्रविधि जडान भएपछि प्रतिघन्टा एक सय किमीको गतिमा आएको एक टनको ढुङ्गा रोक्न सकिने भूगर्भविद् एवम् त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक इन्जिनियर डा रञ्जनकुमार दाहालले बताउनुभयो । जाली भिरमा अडाउनका लागि ड्रिलिङ मेसिनले प्वाल बनाउने काम भइरहेको छ । फागुन मसान्तसम्म जाली राख्ने काम सकिने उहाँले बताउनुभयो । 

परियोजनाका लागि रु ५२ लाख खर्च हुने अनुमान गरिएको छ । सडक डिभिजन कार्यालयको अनुमतिमा सबैभन्दा बढी पहिरो खस्ने छरछरेमा पहिरो नियन्त्रणमा उक्त विधिको प्रयोग गर्न लागिएको हो । विश्वका धेरै देशमा सफल मानिएको यो प्रविधि नेपालमा भने पहिलोपटक प्रयोग गर्न थालिएको हो । 

रकनेट प्रविधिमा माथिबाट झरेर आउने ढुङ्गालाई जालीले अडाएर राख्ने र सिधै सडकमा खस्न नपाउने हुँदा दुर्घटना न्यूनीकरणका लागि उपयोगी हुने विश्वास गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई