अनिल अधिकारी
। माघ १२, नवलपरासी । नवलपरासीको गैंडाकोटमा पौडी खेल्नेक्रममा एक बिद्यार्थीको मृत्यु भएको छ
। गैडाकोट–१५ स्थित झराही खोलामा चितवन रत्ननगर–८ बस्ने २१ वर्षे सन्जीवराज चालिसेको मृत्यु भएको हो
।
पौडी खेल्दा बेहोस भएका चालिसेलाई चितवन मेडिकल कलेजमा उपचारका
लागि लगिएको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ । तर अस्पतालमा डाक्टरहरुले चालिसेलाई मृत घोषणा
गरेका थिए ।
मृतक चालिसे अक्सफोर्ड कलेज गैंडाकोटमा इन्जिनियर
पढ्थे ।