महेन्द्र केसी , पर्वत । दक्षिण भेगदेखि एउटा नागरिकता होस् या अन्य परिचय पत्र बनाउन सदरमुकाम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी , पर्वत । दक्षिण भेगदेखि एउटा नागरिकता होस् या अन्य परिचय पत्र बनाउन सदरमुकाम "/>
२०८३, ९ बैशाख बुधबार
पर्बत - PBT

दक्षिणबासीलाई दैलोमै सेवा

२०७३, १० माघ सोमबार ०८:२३

महेन्द्र केसी , पर्वत । दक्षिण भेगदेखि एउटा नागरिकता होस् या अन्य परिचय पत्र बनाउन सदरमुकाम आउनको लागि ५ हजारसम्म खर्चको जोहो गरेर सदरमुकाम धाउन बाध्य दक्षिणबासीलाई महिला तथा बालबालिका कार्यालय पर्वतले दैलोमै सेवा दिएको छ ।

महिला तथा बालबालिका कार्यालय पर्वतकी प्रमुख तारादेवी सुनुवार नेतृत्वको टोलीले दक्षिण भेगमा रहेका अपाङ्गता भएका बालबालिका तथा जेष्ठ नागरिकलाई दैलोमै पुगेर सेवा प्रदान गरेको हो ।


सेताम्य फुलेकी दुई विस काटेर ओछ्यानमा रोगका कारण आधा शरिरनै चलाउने नमिल्ने भएर थला परेकी रानीपानी ३ की डिल्लीमाया बराल क्षेत्रीले ओछ्यानमै “ख” बर्गको अपाङ्गगता परिचय प्राप्त गर्दा खुसी भइन् ।


महिला तथा बालबालिका कार्यालयले दैलोमानै पुगेर अपाङ्गगता परिचय पत्र उनको हातमा थमाइ दिएपछि उनी निकै उनी निकै खुसि देखिन्थिन् । 

राज्यको सेवा लिनको लागि सदरमुकाम पुग्न नसक्ने उनलाई राज्यबाट पाउने सेवा सुविधा दैलोमानै पाउँदा निकै हर्षित मुद्रामा देख्न सकिन्थ्यो ।


घरदैलोमानै महिला तथा बालबालिका कार्यालयबाट पाउने सेवा पाएपछि उनी निकै खुसी भइन् । “यही बनाउनको लागि कुश्मा धाउनुपर्ने थियो, प्यारालाइस भएको आधा  शरिर लिएर म    कसरी कुश्मा पुग्न सक्थे र ? त्यसमाथि धेरै खर्च लाग्ने थियो तर कार्यालयले घरमानै परिचय पत्र बनाइदियो समय र खर्चको बचत भयो” उनले भनिन् ।

होश्राङ्दीमा रहेको गल्र्यामधाम माविमा रहेका छ दृष्टिविहिन मध्ये एक दृष्टिविहिनलाई समेत महिला तथा बालबालिका कार्यालय पर्वतले अपाङ्गगता परिचयपत्रको लागि आवश्यक कागजी प्रक्रिया पुरा गरेर फर्कियो ।


विद्यालयले पटकपटक दृष्टिविहिन बालबालिकाहरुलाई परिचय पत्र उपलब्ध गराउँनको लागि पहल गरेता पनि कुनै पक्षबाट चाँसो नभएको बेलामा निमित्त महिला विकास अधिकृत सुनुवार नेतृत्वको टोली विद्यालयमा पुगेर सेवा दिदाँ विद्यालयपनि निकै खुसी  देखिन्थ्यो ।


राज्यले दिएको सुविधा विद्यालयबाटनै प्राप्त गरेपछि दृष्टिविहिन भुपाल राना निकै खुसि देखिन्थे ।

महिला तथा बालबालिका कार्यालयले दुइ दिनको समय अबधिमा दक्षिण भेगको रानीपानी, बर्राचौर, होश्राङ्दी, भोक्सिङ लगायतका गाविसमा पुगेर झण्डै २ सय जनालाई सेवा दिएको छ । कार्यालयले अपाङ्गगता परिचयपत्र ३२, जेष्ठ नागरिक    परिचयपत्र १४६ र अपाङ्गगता परिचय पत्रको प्रतिलिपी ३ जनालाई दैलोमानै पुगेर वितरण गरेको    थियो ।


झण्डै दुई दिनको पैदल यात्रा गरेर सदरमुकाम आउनको लागि बाध्य दक्षिणबासीलाई दैलोमानै सेवा उपलब्ध गराउनु आफ्नो दाहित्व भएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख तारा देवी सुनुवार साझासवालसँग बताउँछिन् । 


परिचय पत्र बनाउनको लागि कार्यालयमा आउन नसक्नेहरुको लागि          राज्यबाट उपलब्ध भएको सेवा दैलोमानै पुगेर दिनु आफ्नो कर्तव्य भएको उनी ठान्छिन् ।

महिला तथा बालबालिका कार्यालय पर्वतले हालसम्म २६ सय जनालाई परिचय पत्र वितरण गरेको छ । कार्यालयले हालसम्म अपाङ्गगता परिचयपत्र २३२९ वितरण गरेको छ जसमा महिला ८९३ जना र पुरुष १४३६ ले उक्त परिचय पत्र पाएका छन् । 


त्यसैगरी ६० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई परिचय पत्र  २७१ वितरण भएको कार्यालयले जनाएको छ । जसमा  महिला १३२ जना र पुरुष १३९ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ