ताराबहादुर महत, माघ १०, दोलखा । प्रस्तावित चरिकोट अस्पतालले एक बर्षको अवधिमा ५८ हजार विरामीलाई सेवा प्रवाह गरेको जनाएको छ ।

न्याय हेल्थ नेपालले प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको समन्वयमा स्वास्थ्य सेवा संचालन गरेको  ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत, माघ १०, दोलखा । प्रस्तावित चरिकोट अस्पतालले एक बर्षको अवधिमा ५८ हजार विरामीलाई सेवा प्रवाह गरेको जनाएको छ ।

न्याय हेल्थ नेपालले प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको समन्वयमा स्वास्थ्य सेवा संचालन गरेको  ए"/>

2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एक बर्षमा ५८ हजार विरामीको उपचार

ताराबहादुर महत, माघ १०, दोलखा । प्रस्तावित चरिकोट अस्पतालले एक बर्षको अवधिमा ५८ हजार विरामीलाई सेवा प्रवाह गरेको जनाएको छ ।

न्याय हेल्थ नेपालले प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको समन्वयमा स्वास्थ्य सेवा संचालन गरेको  एक बर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । अस्पतालका निर्देशक बुसन प्रसाँईका अनुसार एक हजार १ सय भन्दा बढी विरामीले  विभिन्न प्रकृतिको शल्यक्रिया सेवा लिएका छन । त्यसैगरी ८ सय ११ जनाले प्रसुति सेवा लिएका छन । जसमध्ये ८६ जनाले शल्यक्रियासहितको सेवा लिएको जनाईएको छ ।

यस अस्पतालबाट दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौं लगायतका जिल्लाका बासिन्दाहरुले सेवा लिएको मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनुभयो । नागरिकको घरदैलोमा गएर सेवा दिने उद्धेश्यले केहि समय पश्चात जिल्लाको ६ गाविसमा सामुदायिक स्वास्थ्य कार्यक्रम संचालन गर्न लागिएको पनि उहाँको भनाई छ ।

केहि समय अगाडि विभिन्न विरामी उपचारमा लाहपरबाही गरेको भन्दै विवादमा मुछिएको अस्पतालले हाल आफ्नो सेवा सुधार गर्दै लगेको सेवाग्राहीहरुले बताएका छन ।  स्वास्थ्य मन्त्रालयसँग २०७२ को माघ ५ गते सम्झौता गरी १० गतेबाट प्राथमिक स्वास्थ्य केन्द्रको समन्वयमा प्रस्तावित चरिकोट अस्पतालले नागरिकहरुलाई स्वास्थ्य सेवा दिन शुरु गरेको  थियो । केहि दिनअघि स्वास्थ्य मन्त्री गगन थापाले अस्पतालको अनुगमन गरी आफ्नै कार्यकालमा ५० शैयाको अस्पताल बनाएर जिल्ला अस्पताल सरह सेवा दिने बताउनुभएको थियो । पहिले निमार्ण गरिएको जिल्ला अस्पताल जिरीमा हुँदा प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जिल्ला अस्पताल सरहको सेवा दिने पर्यत्न गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई