२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको डण्डा बभनौलि सडक कालोपत्रे हुदै

२०७२, १९ माघ मंगलवार १३:२२

दयाराम आचार्य/ माघ १९, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिकाको
डण्डा देखि बभनौलि ,गुडचरी हुदै कोल्हुवा सम्मको कच्चि सडक कालोपत्रे हुने भएको छ ।


संसदिय बिकाश कोषको बजेट मार्फत सो सडक कालोपत्रे गर्नलागिएको डण्डा
,बभनौलि ,गुडचरी ,कोल्हुवा सडक निर्माण समितिका अध्यक्ष्ँ तुलसी महत्तोले बताउनु भयो ।

डण्डा
देखि बभनौलि कोल्हुवा सडक खण्डको ५ किलोमिटर सडक ५ करोडको लागतमा कालोपत्रे गर्न लागिएको उहाले जानकारी
दिनुभयो ।
यस आर्थिक बर्षको साउनमानै १८ महिनामा कालोपत्रे गरीसक्ने गरी ठेक्का प्रक्रिया सम्पन्न
भएको भए पनि भुकम्पको कारण ,नाकावन्दिले गर्दा ईन्धन अभाव र खोलाबाट गिट्टीबालुवा निकासीमा रोक लाग्दा
सामाग्रि अभावको कारण झण्डै ९ महिना ढिलो गरी काम शुरु हुन लागेको सडक निर्माण समितिका अध्यक्ष महत्तोले
जानकारी दिनु भयो ।

सबै प्रक्रिया सम्पन्न भएको र सडक डिभिजन कार्यलयबाट बुटवलबाट ईन्जिनियर आएर
कलभर्ट निर्माण ,नाला निमार्णको सर्भे भएपछि केहि दिन भित्रमानै काम शुरु हुने उहाले जानकारी दिनुभयो ।
सो सडक कालो पत्रे भएका कावासोती नगरपालिकाका १४ र १६ नम्बर वडा ,कुमारवर्ती गाविसका केहि वडा ,साविब
कोल्हुवा गाविस र नारायणी गाविसका वासीन्दा लाभान्वित हुने अध्यक्ष महत्तोले बताउनु भयो

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा देखि झयालबास सम्मको करीब ५ किलोमिटर
भित्रि सडक समेत कालो पत्रे हुने भएको छ । चोरमारा झयालबास सडक खण्डको ४.५ किलोमिटर सडक ३ करोड ७३ लाख
रुपैयाको बजेटमा कालोपत्रे गर्ने कार्य शुरु भएको कास्यप निर्माण समिति तथा निमार्ण ब्यवसायी संघका
अध्यक्ष माधव घिमीरेले बताउनु भयो । आगामि आर्थिक बर्षमा सक्ने गरी कार्यथालनि गरीएको भए पनि
नाकाबन्दिका कारण ईन्धन अभाव,खोलानालामा ठेक्का नलाग्दा खोलाजन्य सामाग्रिको अभावका कारण काम गर्न
गाह्रो भएको र सम्पुर्ण बिकाश निर्माणकार्यनै प्रभावित भएको उहाले बताउनु भयो ।

ईन्धन लगाएत
बिभिन्न सामाग्रिको कारण बिकाश निर्माण कार्य प्रभावित हुदा पनि प्रशासनले यस तर्फ कुनै चासो नदेखाएको
उहाले गुनासो गर्नु भयो । अभावकै बिचमा अहिले सो सडक खण्डको चोरमारा देखि बसन्तपुर ढिक सम्म सडक चौडा
गर्ने,हेम्पाईप हाल्ने कार्य भईरहेको उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा