2026-07-25 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा तीन वर्षमा २२ हजार धारा जडान गर्ने तयारी

माघ ११, सुर्खेत । सुर्खेतमा वर्षौँदेखि रहँदै आएको खानेपानीको अभावबाट नागरिक अँझै पनि मुक्त हुन सकेका छैनन् । 

धेरै ठाउँका जनताले पानीको नभई धाराको बिल तिर्नुपर्ने अवस्था छ । सुर्खेत उपत्यकामा खानेपानीको अभाव परिपुर्ति गर्न झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विगत १६ वर्षदेखि काम गर्दै आएको छ । यस संस्थाका कति काम अधुरा छन् भने कति काम सम्पन्न भएपनि अँझै यहाँको पानीको अभावलाई प्रर्ति गर्न नसकिरहेको गुनाशो हुने गरेको छ । 

उपभोक्ताहरुले खानेपानीको समस्याबाट मुक्त हुन नसकेको भन्दै खानेपानीको अभाव टर्न नसक्दा पानी प्यास मेटाउन समेत कठिनाई भएको बताउने गरेका छन् । वीरेन्द्रनगर ६ का खडानन्द कँडेलले बढ्दो जनसंख्याबिचमा पनि खानेपानीको चुहावटले समस्या भएको भन्दै यसको समाधानमा सबैले ध्यान दिनुपर्ने बताए । यस्तै उत्तरगंगा ३ कोलडाँडाका कम्ब अधिकारीले खानेपानीको समस्या समाधान हुन्छ भन्ने गरेको तर कहिले समाधान हुन्छ भन्ने उपभोक्तालाई थाहा नभएको बताए । 

संस्थाका अध्यक्ष कुलमणी देवकोटाले आफुहरुले प्रयास गर्दा गर्दै पनि उपभोक्ताको मागलाई पुरा गर्न नसकेको स्वीकार गरे । उपत्यका ६२ किमी पाईपलाई बिछ्याउने काम पुरा भइसकेको र पानीको चुहावटलाई १५ प्रतिशत सम्म झार्ने, भेरी नदीको पानी लिफ्टिङ गर्ने योजना रहेको समेत उनले बताए । साथै अध्यक्ष देवकोटाले अबको तीन वर्षभित्र २२ हजार धारा जडान गरिने जानारी दिए । 

यस्तै नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद सीता नेपालीले सुर्खेतमा पानीको समस्या समाधान गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकिछन् ।

झुप्रा वृहत खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको १६औँ वार्षिकोत्सवको अवसरमा सांसद नेपालीले पानीको अभाव पुर्ति गर्नका लागि भेरीको पानी पानी मात्रै नभई कर्णालीको पानी पनि सुर्खेत उपत्यका ल्याउन सक्ने योजना बनाउन सुझाव दिइन ।

नेपाली कांग्रेसका नगर सभापति देवकुमार सुवेदीले भेरीको पानी सुर्खेत उपत्यकामा ल्याउनका लागि जनप्रतिनिधलाई उपभोग गर्नुपर्ने बताए । उनले कुनै पार्टी अथवा व्यक्तिका बारेमा चर्चा नभएर समग्र सुर्खेतका उपभोक्तालाई कसरी खानेपानी उपलब्ध गराउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए । 

कार्यक्रममा नेकपा (एमाले) सुर्खेतका सचिव मोहन बडुवालले जनताको मागलाई निरुत्साहित गर्न जनप्रतिनिधि नै लागेको प्रति दुःख व्यक्त गर्दै बाधा अड्चनका बिचमा पनि अहिले खरीखोरा बोरीखोलाबाट पानी ल्याउने काम अन्तिम चरणमा परेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक