१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासीमा नेपाली सेनाको बज्रदल गणले जनताको स्वास्थ्य क्षेत्रमा सामाजिक सेवा गर्दै

२२ माघ २०७२, शुक्रबार ००:२९

माघ २१, नवलपरासी ।
नवलपरासीको परासीमा रहेको नेपाली सेनाको बज्रदल गणले जनताको स्वास्थ्य तथा अन्य क्षेत्रमा सामाजिक सेवा
गर्दै आएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा स्वास्थ्य उपचारका लागि शिविरका साथै बिद्यालयहरुमा शैक्षिक
एंवम् खेल सामाग्री सहयोग गरेर गणले सामाजिक सेवा गर्दै आएको हो ।

सामाजिक सेवा अन्तरगत बिहीवार
बज्रदल गणले गेर्मी गाविसका स्वास्थ्यसेवाको पहुच भन्दा बाहिर रहेका जनतालाई निशुल्क स्वास्थ्य उपचार
गरेको छ ।सिमावर्ती मधेश क्षेत्रमा रहेका सर्वसाधारणहरुलाई निशुल्क स्वास्थ्य शिबिर तथा औषधी प्रदान
गरेर बज्रदल गणले नेपाली जनताको स्वास्थ्य प्रर्बद्धनमा आफुहरु तयार रहेको सन्देश दिएको छ । निशुल्क
स्वास्थ्य उपचार पाउने भएपछि गेर्मी गाविस तथा पाल्ही गाविसका सेवाग्राहीहरु समेत स्वास्थ्य शिबिरमा
उपचारका लागि पुगेका थिए ।

स्वास्थ्य उपचारका लागि भारतीय बजार धाउदै आएका स्थानीयहरु गाउमै
नेपाली सेनाले स्वास्थ्य शिबिर संचालन गरेपछि लाभान्वित भएका छन् । नेपाली सेना बज्रदल गण परासीका
प्रमुख सेनानी गणपति पुर्ण प्रसाद ढकालले नेपाली सेना नेपाली नागरिकको सुख दुखको साथी रहेको बताउदै
जनताको स्वास्थ्य उपचारका लागि नेपाली सेना लागेको बताउनुभएको छ ।

त्यस्तै उपचारमा संम्लग्न
चिकित्सक नेपाली सेनाको बुटवलस्थित २२ नंम्बर गुल्मका मेडिकल अधिकृत डा. रविन्द्रजंग रायमाझीले शिविरमा
आएकाहरुमा छाला तथा सरसफाई सम्बन्धि समस्या रहेको जानकारी दिनुभएकोछ ।
स्वास्थ्य शिविरमा गेर्मीसहित
सनई, पाल्हीलगायतका गाविसका ६ सय सयबढी सर्वसाधारणहरुले सेवा लिएका छन् । स्वास्थ्य शिबिरमा आएका हरुले
नेपाली सेनाले मधेशको क्षेत्रका निशुल्क स्वास्थ्य शिबिर राखेकोमा आफुहरु खुसी लागेको बताएका थिए

शिविरमा आएका बिरामीहरुलाई निःशुल्क औषधिसमेत दिइएको थियो । शिबिरमा दाँत, पेट, छालालगायतको
परीक्षण गरिएको शिविरमा चारजना डाक्टर, एकजना दाँत विशेषज्ञसहित १२ जनाको स्वास्थ्य टोलीले सेवा दिएको
थियो । शिविरमा बृद्ध बृद्धाहरुमा हाडजोर्नी, छाला र महिलाहरुमा सेतोपानी बग्ने तथा पाठेघरका समस्या बढी
भएका बिरामीहरु फेला परेको स्वाथ्य टोलीले जनाएको छ । शिविरमा फेला परेका जटिल प्रकारका बिरामीहरुलाई थप
उपचारका लागी सरकारी अस्पतालहरुमा जान सल्लाह दिइएको थियो ।

त्यस्तै नेपाली सेनाकै आयोजनामा
गेर्मीस्थित राजनारायण मा.बि मा संर्पदश हुदाका लक्षण तथा बच्ने उपायहरु बारे बिद्यालयमा
बिद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ ।

त्रिवेणीमा हुने संर्पदंश उपचारलाई बिस्तार गर्दै गाउ
गाउमा संर्पदश उपचारबारे जानकारी दिने उदेश्यले सो कार्यक्रम भएको बज्रदल गण परासीले जनाएको छ

नेपाली सेनाको बज्रदल गण परासीले राजनारायण मावि गेर्मीका
बिद्यार्थीहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।
बिद्यालयका स्तरका बिद्यार्थीहरु खेलकुदप्रति
रुचि बृद्धि गर्नका लागि नेपाली सेनाले खेलकुद सामाग्री बितरण गरेको प्रमुख सेनानी पुर्ण प्रसाद ढकालले
जानकारी दिनुभएको छ ।

जस अन्तरगत बिद्यालयलाई भलिबल फुटवल तथा क्रिकेटका सामाग्रीहरु बितरण
गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का