८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

निर्वाचनमा संस्थापनपक्ष र देउवापक्ष बीच चर्काे प्रतिष्पर्धा

२५ माघ २०७२, सोमबार ११:५८

माघ २५, नवलपरासी । नेपाली कांग्रेस नवलपरासीको सोमबारबाट अबेर शुरु भएको
निर्वाचनमा संस्थापनपक्ष र देउवापक्ष बीच चर्काे प्रतिष्पर्धा हुने भएको छ । जिल्ला सभापतिमा
संस्थापनपक्षबाट महेन्द्रध्वज जि.सी र देउवापक्षबाट बिष्णु लामिछानेले उम्मेदवारी दिनुभएको छ

यसअघि संस्थापनपक्षमा रहनुभएका लामिछानेले देउवा समुहबाट
उम्मेदवारी दिनुभएको हो । लामिछाने वर्तमान
जिल्ला सचिव समेत हुनुहुन्थ्यो ।

बाबुको क्रियामा रहनुभएका लामिछाने दशौ दिनका दिन निर्वाचन कार्यक्रममा सहभागि
हुनुभएको छ ।

त्यस्तै संस्थापन समुहले बिक्रम यादवलाई सचिव पदमा
उठाएको छ । यादव क्षेत्रीय सभापतिमा देउवापक्षका नेता नरेन्द्र कुमार गुप्ता संग पराजित हुनुभएको थियो ।
यादव नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष समेत रहनुभएको छ ।

त्यस्तै कोषाध्यक्षमा ओम सापकोटाले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र
न्यौपानेले जानकारी दिनुभएको छ ।

त्यस्तै देउवा पक्षले सचिवमा
राजेन्द्र सहानी र कोषाध्यक्षमा दानबहादुर बाकाबल मगरलाई उम्मेदवार बनाएको छ । सचिवका दुवै उम्मेदवार
मधेशी पृष्ठभुमिका रहनुभएको छ भने देउवा पक्षले जनजाति उम्मेदवारलाई कोषाध्यक्षको उम्मेदवारर बनाएको छ

संस्थापनपक्षका उम्मेदवारलाई कांग्रेस केन्द्रीय सदस्य डा.
शसाक कोइराला, कृष्णचन्द्र नेपाली र नवलपरासीका अधिकाँश सांसदहरुका समर्थन रहेको संस्थापनपक्षले दावी
गर्दै आएको छ भने देउवा पक्षमा जिल्ला सभापति देबेन्द्रराज कण्डेल, नेता सत्यनारायण खनाल,सांसद बिक्रम
खनाल लगायतले समर्थन गनुभएको छ ।

त्यस्तै काग्रेस नवलपरासी
सम्बद्ध स्रोतका अनुसार देउवापक्षले यस पटक गाउ नगर तथा क्षेत्रमा आफ्नो पक्षको टिम बनाउन सफल भएको छ ।
दुवैपक्षले आ–आफ्नो जितको दावी गर्दै आएपनि बिगतमा भन्दा यसपटक नवलपरासीमा देउवापक्षको वश्र्वच बृद्धि
भएको स्रोतले दावी गरेको छ ।

यस अघि दुबैपक्षले पत्रकार सम्मेलन
गरी उम्मेदवारीको घोषणा गरेका थिए । देउवापक्षले क्षेत्र नम्बर तीन चार पाच र छ का क्षेत्रीय सभापति र ७
वटा नगर मध्ये ३ वटा नगर सभापति सहितको उपस्थितिमा उम्मेदवारी घोषणा गरेको थियो । १ हजार ८५ जना
प्रतिनिधिले मतदान गर्ने अधिबेशनबाट अध्यक्ष सचिव र कोषाध्यक्ष सहित प्रत्येक क्षेत्रबाट पाँच पाँच
जनाको दरले महासमिति सदस्य समेत चयन गर्नेछ । सोमबार साझ यो समाचार तयार पार्दा सम्म अधिबेशनमा मतदान
जारी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता