१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

त्रिवेणीधामको मेलामा अन्य बर्षहरुमा भन्दा धेरै भक्तजनहरुको घुइचो

२५ माघ २०७२, सोमबार १२:०१

माघ २५, नवलपरासी । यसबर्षको
त्रिवेणीधामको मेलामा अन्य बर्षहरुमा भन्दा धेरै भक्तजनहरुको घुइचो लागेको छ ।

नवलपरासीको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल त्रिवेणीमा बर्षेनी लाग्ने मेला यसबर्ष
सोमबारे औशी परेका कारण अत्यधिक भक्तजनहरुको घुइचो लागेको मेला आयोजकले जनाएको छ । मेलाको अघिल्लो दिन
देखि नै त्रिवेणीधाममा भक्तजनहरुको घुइचो लागेको मेलाका प्रचार संयोजक प्रेम माचन्द्र रौनियारले जानकारी
दिनुभएकोछ । सोमबारे औशीमा सबेरै उठी स्नान गर्नाले यसलोकमा सुख र परलोकमा शान्ति मिल्ने धार्मिक
बिस्वास रहदै आएका कारण सोमबारे औशी स्नान गर्नेहरुको घुइचो लागेको हो ।


हिन्दु धर्मावलम्बीहरुले त्रिबेणी धामलाई महादेबको पाउ र मुक्तिनाथलाई शिर मान्ने धार्मिक
पराम्पराका कारण त्रिवेणी स्नान गरेपछि मात्र सातधाम जाने प्रचलन रही आएको छ ।

त्रिवेणीको महादेब मन्दिर नारायणी नदी , गजेन्द्रमोक्ष तथा बाल्मिकीक्षेत्र धार्मिक
तपोभुमि रहेको विश्वास गर्दै नेपालको लुम्बिनी नारायणी अञ्चलका साथै भारतका बिभिन्न प्रान्तबाट समेत
भक्तजनहरु त्रिवेणी आएका छन् ।

त्यस्तै पुर्णभद्रा सोनभद्रा र
तमसा नदी मिलेर त्रिवेणी बनेको त्रिवेणीमा नदी आई पुग्दा नौ वटा नदी मिसिएकाले नारायणी भनिएको
पुराणहरुमा उल्लेख गरिएको छ ।

त्रिवेणीमा माघे सक्रान्ति माघे
औशी शिव रात्री हरिबोत्रनी एकादशीलगायतका बेला स्थान गर्न आउनेहरुको घुइचो लाग्ने गरेको छ ।

धाम बाहेकपनि त्रिवेणी क्षेत्रमा रहेका शिवपुरगढी चुहाहीमाई मदारबाबा
लगायत ऐतिहासिक स्थान रहेकाले पनि आन्तरिक तथा बाह्य पर्यटनका लागि महत्वपुर्ण मानिदै आएको छ

मेलामा सवारी साधनका राजस्व, पार्किङ, तारघाट लगायतबाट राजस्व
संकलन हुने गरेका कारण पनि यसमेला नवलपरासीका प्रमुख मेला मानिन्छ ।

यस अघि मेला आयोजकले मेलामा ४ लाख भक्तजनले दर्शन गर्न आउने दावी गर्दै आएका थिए । मेला
ब्यवस्थित बनाउन त्रिवेणी सुस्ता गाविस, स्थानीय संघसंस्था युवा क्लबलगायतका सरोकारवाला निकाय सक्रिय
हुदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का