२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बर्दघाटमा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

२०७२, ४ फाल्गुन मंगलवार ११:२५

फागुन ४, नवलपरासी । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटको
१५ औँ वार्षिक साधारण सभा मंगलबार बर्दघाटमा सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटनमा बोल्दै खानेपानी डिभिजन कार्यालय नवलपरासीका प्रमुख रामचन्द्र काफ्लेले
खानेपानी तथा सरसफाईको क्षेत्रमा बर्दघाट खानेपानीले राम्रो योगदान गरेको उल्लेख सरहाना गर्नुभएको थियो

डिभिजन प्रमुख काफ्लेले नवलपरासीले खानेपानी तथा सरसफाईको क्षेत्रमा फड्को मारेको समेत चर्चा
गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कमान
सिंह थापाले गतको समिक्षा गर्दै आगामी बर्षका लागि योजना प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका
अध्यक्ष कमान सिंह थापाको अध्यक्षता सचिव इन्द्र कुमार रानाको संचालन ललिता अर्यालको स्वागतमा भएको
कार्यक्रममा कोषाध्यक्ष दिलकुमारी कुबंर आर्थिक र लेखा संयोजक रामजी लौडारीले लेखा प्रतिबेदन प्रस्तुत
गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ बर्दघाटका अध्यक्ष चन्द्रबहादुर थापा, समाजसेवी
इन्द्र प्रसाद सापकोटा, बद्री खनाल, रविन्द्र विक्रम हमाल, लोमा बाग्ले, सिद्धीविलास हमाल त्रिवेणी
टेलिभिजनका निर्देशक रवि पाण्डे लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा
नेपाली काग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ, एमालेका सदानन्द पाण्डे एकीकृत माओवादीका चन्द्रकान्त
ढकाल, क्रान्तिकारी माओवादीका चुडामणि भण्डारी, नेकपा माओवादीका रमेश बस्याल संघीय जनमुक्तिका तारा राना
मगर राप्रपाका मिलन श्रेष्ठ, सद्भावनाका गौमाया गिरीलगायतले बोल्दै बर्दघाट खानेपानीले यसक्षेत्रको
खानेपानीको क्षेत्रमा गरेका कार्यहरुको चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !