१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बर्दघाटमा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

४ फाल्गुन २०७२, मंगलवार ११:२५

फागुन ४, नवलपरासी । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटको
१५ औँ वार्षिक साधारण सभा मंगलबार बर्दघाटमा सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटनमा बोल्दै खानेपानी डिभिजन कार्यालय नवलपरासीका प्रमुख रामचन्द्र काफ्लेले
खानेपानी तथा सरसफाईको क्षेत्रमा बर्दघाट खानेपानीले राम्रो योगदान गरेको उल्लेख सरहाना गर्नुभएको थियो

डिभिजन प्रमुख काफ्लेले नवलपरासीले खानेपानी तथा सरसफाईको क्षेत्रमा फड्को मारेको समेत चर्चा
गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कमान
सिंह थापाले गतको समिक्षा गर्दै आगामी बर्षका लागि योजना प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका
अध्यक्ष कमान सिंह थापाको अध्यक्षता सचिव इन्द्र कुमार रानाको संचालन ललिता अर्यालको स्वागतमा भएको
कार्यक्रममा कोषाध्यक्ष दिलकुमारी कुबंर आर्थिक र लेखा संयोजक रामजी लौडारीले लेखा प्रतिबेदन प्रस्तुत
गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ बर्दघाटका अध्यक्ष चन्द्रबहादुर थापा, समाजसेवी
इन्द्र प्रसाद सापकोटा, बद्री खनाल, रविन्द्र विक्रम हमाल, लोमा बाग्ले, सिद्धीविलास हमाल त्रिवेणी
टेलिभिजनका निर्देशक रवि पाण्डे लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा
नेपाली काग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ, एमालेका सदानन्द पाण्डे एकीकृत माओवादीका चन्द्रकान्त
ढकाल, क्रान्तिकारी माओवादीका चुडामणि भण्डारी, नेकपा माओवादीका रमेश बस्याल संघीय जनमुक्तिका तारा राना
मगर राप्रपाका मिलन श्रेष्ठ, सद्भावनाका गौमाया गिरीलगायतले बोल्दै बर्दघाट खानेपानीले यसक्षेत्रको
खानेपानीको क्षेत्रमा गरेका कार्यहरुको चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का