2026-09-18 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा ८८ जना नयाँ कुष्ठरोगी भेटिए

माघ १४, बर्दिया । कुष्ठरोग निवारण अभियानअन्तर्गत माघ १० गतेदेखि हालसम्म बर्दियामा ८८ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् ।

कुष्ठरोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा बिहीबारसम्म ८८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका कुष्ठरोग कार्यक्रमका फोकल पर्सन जीवन रजौरेले जानकारी दिनुभयो । 

८८ जनामध्ये २२ जनामा एमबी र ६६ जनामा पिबी देखिएको छ । पिबी भन्नाले कुष्ठरोगको जीवाणु अत्यधिक रहेकोलाई जनाउँछ । तीमध्ये सातजना बालबालिका रहेका छन् । बालबालिकामा एकमा एमवी र ६ जनामा पिबी देखिएको छ । 

दोस्रो दिनसम्म ३३ जना नयाँ कुष्ठरोगका बिरामी रहेपनि दिनहुँ कुष्ठरोगका बिरामी बढिरहेका छन् । कुष्ठरोगीको सङ्ख्या बढेपछि निवारणका लागि बाँके र बर्दियामा माघ १० देखि पाँचदिने अभियान सुरु भएको हो । बाँके सबैभन्दा धेरै कुष्ठरोगी भएको जिल्ला हो । धनुषा र बर्दियामा पनि धेरै कुष्ठरोगी छन् । सरकारले सन् २०२० सम्म ७५ वटै जिल्लाबाट कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा नयाँ कुष्ठरोगी खोज्न सुरु गरेको हो । 

कुष्ठरोग निवारण अभियानअन्तर्गत घरदैलो कार्य खोजपड्ताल कार्यक्रमलाई प्राथमिकता दिइएको छ । माघ १० देखि १४ गतेसम्म खोजी अभियान जारी रहने भएपनि कुष्ठरोगका नयाँ बिरामी फेला परेपछि कुष्ठरोग निवारणका लागि अभियान थालिएको खोजपड्ताल कार्यक्रम केही दिन अझै लम्बिने बताईएको छ । 

कुष्ठरोगी सबैभन्दा बढी भएको बाँके र तेस्रो नम्बरमा रहेको बर्दियाबाट उपचारमा नआएका कुष्ठरोगीको खोजी सोमबारदेखि सुरु भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई