२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आयोजना मर्मत नहुँदा खानेपानीबाट वञ्चित

२०७३, १४ माघ शुक्रबार ०६:४३

माघ १४, कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–७ मा रहेको शान्तिपुर खानेपानी आयोजनाको मुहान बगेपछि उपभोक्ता शुद्ध पेयजल पिउनबाट वञ्चित रहेका छन् । 

एक वर्षअघि खोलामा आएको बाढीले आयोजनाको मुहान नै बगाई दिएपछि मर्मत रकमको अभावमा खानेपानी आयोजना सञ्चालनमा आउन नसकेको हो । लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको आयोजना मर्मत रकमको अभावमा सञ्चालनमा नआएपछि सर्वसाधारण ह्यान्डपम्पको पानी पिउन बाध्य भएका छन् । 

“ह्यान्डपम्पबाट आर्सनिक र आइरन मिसिएको पानी आउने भएकाले खानेपानीको अर्को विकल्प नहँुदा स्वास्थ्यलाई जोखिममा पार्दै यस्तो पानीको प्रयोग गर्न बाध्य छौँ”, स्थानीयवासी कृष्णप्रसाद पन्तले भन्नुभयो । खानेपानी आयोजना सञ्चालन भएको एक बर्ष नपुग्दै पानी आउन बन्द भएपछि उपभोक्ता निकै मर्कामा परेको उहाँले बताउनुभयो । 

आयोजनाको मुहान मर्मत गर्न र पाइपको मर्मतसम्भारको कार्य गर्नका लागि बजेट नहुँदा कार्यअगाडि बढाउन नसकिएको उपभोक्ता समितिका उपाध्यक्ष चन्द्रदेव भट्टले बताउनुभयो । 

“बजेटको व्यवस्था हुने बित्तिकै मर्मतको कार्य सुरु गरी आयोजना सञ्चालनमा ल्याउँछौँ”, उहाँले भन्नुभयो । खानेपानी आयोजनाले उपभोक्ताका लागि शुद्ध पेयजल पिउनका लागि निर्माण गरेका ५७ धारामध्ये केही क्षतिग्रस्त अवस्थामा समेत रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा