२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बिमल घर्ती र अमृत चौधरीका गाउँबासीमा खुसीयाली

२०७२, ५ फाल्गुन बुधबार ०८:५८

फागुन ५, नवलपरासी
 नेपाल भारतमा भएको दक्षिण एशियाली खेल सागमा फुटवलतर्फ च्याम्पियन भएपछि नवलपरासी सहित
देशैभर तथा विदेशमा रहेका नेपालीहरुमा समेत खुसीयाली छाएको छ । नेपालले भारतसंगको खेलमा उत्कृष्ट
प्रर्दशन गर्दै स्वर्ण पदक जितेपछि बर्दघाटमा रहेका बिमल घर्ती र अमृत चौधरीका परिवारमा पनि खुसीको सिमा
छैन । बिमल घर्तीको घर बर्दघाटको पञ्चनगरवासी र चौधरीको घर बेताहानी वासीमा समेत खुसीयाली छाएको हो

अखिल नेपाल फुटवल संघ (एन्फा) नवलपरासीका अध्यक्ष प्रकाश पंगेनीले राष्ट्रिय फुटवल टिममा रहेका
दुई जना खेलाडीको घर बर्दघाटमा रहेको स्मरण गर्दै फुटवलमा नवलपरासीको महत्वपुर्ण भुमिका रहेको र फुटवलले
नेपाली नागरिकलाई खुसी दिएको बताउनुभएको छ ।
बिमल घर्ती संगै बर्दघाटमा अमृत चौधरी पनि राष्ट्रिय
फुटवल टिमका गोलकिपर रहेका छन् ।
bimal gharti and amrit chaudhari - nawalparasi football playerत्यस्तै गोलकिपर अमृत
चौधरीकी आमा सबित्री चौधरीले छोराको प्रगतिबाट आफु खुसी रहेको उल्लेख गर्नुभएको छ ।
त्यस्तै घर्ती र
चौधरीका गाउका गाउवासीहरु समेत फुटवलले नेपालीलाई खुसी दिएको भन्दै आफुहरु खुसी भएको बताएका छन् ।
फुटवलमा आफुहरुले २ जना राष्ट्रिय खेलाडी दिएको भन्दै त्यसबाट बर्दघाट मात्र नभएर सिंगो राष्ट्रकै शिर
उचो भएका बर्दघाट नगरपालिकाका बासिन्दाको भनाई छ ।

त्यस्तै यु १९ विश्वकपका उत्कृष्ट ११ खेलाडीको
सूचीमा नवलपरासी रजहरका सन्दिप लामिछाने छानिएकोमा खेलपे्रमीहरुमा खुसी छाएको छ । विश्व क्रिकेट परिषद
आइसिसिले मंगलबार तयार गरेको ‘फ्युचर स्टार्स’को सूचीमा नेपाली बलर सन्दिपले सो स्थान पाएका थिए ।
लामिछाने देवचुलस् उच्च मावि रजहरका बिद्यार्थी समेत रहेका छन् ।

 


रवि पाण्डे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा