१५ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बिमल घर्ती र अमृत चौधरीका गाउँबासीमा खुसीयाली

५ फाल्गुन २०७२, बुधबार ०८:५८

फागुन ५, नवलपरासी
 नेपाल भारतमा भएको दक्षिण एशियाली खेल सागमा फुटवलतर्फ च्याम्पियन भएपछि नवलपरासी सहित
देशैभर तथा विदेशमा रहेका नेपालीहरुमा समेत खुसीयाली छाएको छ । नेपालले भारतसंगको खेलमा उत्कृष्ट
प्रर्दशन गर्दै स्वर्ण पदक जितेपछि बर्दघाटमा रहेका बिमल घर्ती र अमृत चौधरीका परिवारमा पनि खुसीको सिमा
छैन । बिमल घर्तीको घर बर्दघाटको पञ्चनगरवासी र चौधरीको घर बेताहानी वासीमा समेत खुसीयाली छाएको हो

अखिल नेपाल फुटवल संघ (एन्फा) नवलपरासीका अध्यक्ष प्रकाश पंगेनीले राष्ट्रिय फुटवल टिममा रहेका
दुई जना खेलाडीको घर बर्दघाटमा रहेको स्मरण गर्दै फुटवलमा नवलपरासीको महत्वपुर्ण भुमिका रहेको र फुटवलले
नेपाली नागरिकलाई खुसी दिएको बताउनुभएको छ ।
बिमल घर्ती संगै बर्दघाटमा अमृत चौधरी पनि राष्ट्रिय
फुटवल टिमका गोलकिपर रहेका छन् ।
bimal gharti and amrit chaudhari - nawalparasi football playerत्यस्तै गोलकिपर अमृत
चौधरीकी आमा सबित्री चौधरीले छोराको प्रगतिबाट आफु खुसी रहेको उल्लेख गर्नुभएको छ ।
त्यस्तै घर्ती र
चौधरीका गाउका गाउवासीहरु समेत फुटवलले नेपालीलाई खुसी दिएको भन्दै आफुहरु खुसी भएको बताएका छन् ।
फुटवलमा आफुहरुले २ जना राष्ट्रिय खेलाडी दिएको भन्दै त्यसबाट बर्दघाट मात्र नभएर सिंगो राष्ट्रकै शिर
उचो भएका बर्दघाट नगरपालिकाका बासिन्दाको भनाई छ ।

त्यस्तै यु १९ विश्वकपका उत्कृष्ट ११ खेलाडीको
सूचीमा नवलपरासी रजहरका सन्दिप लामिछाने छानिएकोमा खेलपे्रमीहरुमा खुसी छाएको छ । विश्व क्रिकेट परिषद
आइसिसिले मंगलबार तयार गरेको ‘फ्युचर स्टार्स’को सूचीमा नेपाली बलर सन्दिपले सो स्थान पाएका थिए ।
लामिछाने देवचुलस् उच्च मावि रजहरका बिद्यार्थी समेत रहेका छन् ।

 


रवि पाण्डे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन दुई विधेयक प्रमाणीकरण नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु सोक्लामा चट्टान आरोहण महोत्सव हुने भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने सुस्ता झोलुङ्गे पुल जोखिममा साहित्यकार राईको ‘जार’ कथामा आधारित चलचित्र सार्वजनिक हुँदै सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरे प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना शिक्षकका माग तत्काल सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र