१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी ओद्योगिक मेलाको कारोबार करिब २ करोड, दर्शकको संख्या बढदो

५ फाल्गुन २०७२, बुधबार १२:००

फागुन ५, नवलपरासी ।
नवलपरासीको सुनवलमा आयोजित पश्चिमाञ्चल स्तरीय दोश्रो औधोगिक व्यापार मेलाको अहिलेसम्मको कुल कारोबार
करिब २ करोड भएको छ । उद्योग बाणिज्य संघ नवलपरासीले गत माघ २९ गतेदेखि आयोजना गरेको यस औद्योगिक व्यपार
मेलामा टिकट, कपडा लत्ता, ईलेक्ट्रोनिक्स, जुत्ता,चप्पल, फर्निचर, मोटरसाईकल, सवारी साधनलगायतका
सामानहरुबाट अहिलेसम्मको कुल करिब २ करोड आर्थिक कारोबार भएको उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजेश
कुमार गुप्तले बताउनु भयो ।

जिल्लामा मेलाको रौनक बढदै गएपछि
दिनहुँ दर्शकहरुको संख्यामा पनि वृद्धि हुदै गएको छ । मेलामा मंगलबार ९ हजार ५ सय दर्शकहरुले मेला
अवलोकन गरेका थिए भने मंगलबार मात्र आर्थिक कारोबार ४४ लाख भएको कोषाध्यक्ष गुप्तले बताउनु भयो

मेलामा कृषि, पर्यटन, उद्योग, व्यपार प्रर्वद्धन एवं सूचना
प्रविधिको बृहत प्रर्दशनी रहेको छ । प्रर्दशनीमा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला,
घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, अटोमोबाईल, औषधी जन्य सामाग्री,
सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धनका
स्टलहरु राखिएको छ । मेलामा ३०० भन्दा बढी स्टल रहेका छन् । मेलाबाट सात करोडको कारोबार हुने संघले
अपेक्षा गरेको संघका अध्यक्ष भिम बहादुर थापा क्षेत्रीले बताउनु भयो ।

मेलामा आउने दर्शहरुलाई बिभिन्न धार्मीक तथा पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने
उद्देश्यले मेलाको मुख्य आर्कषणको रुपमा रामग्राम स्तुपाको स्ट्याचुलाई राखिएको छ । भने गौतम बुद्धको
अष्ट धातु रहेको स्तुपाको स्ट्याचु मेलाको प्रवेशद्धारमा राखिएको छ । मेलामा जिल्ला विभिन्न पर्यटकय
क्षेत्र एवं धार्मिक स्थलहरुको वृत्तचित्र (डकुमेन्ट्री) मार्फत जिल्लाको पर्यटकिय क्षेत्रको पहिचान
गराउने कार्य भैरहेको छ जसमा अन्तराष्टिय स्तरको पर्यटन क्षेत्र बनाउन सकिने रामग्राम स्तुप प्राचिन
कोलिय गण्राज्यको राजधानी तथा बुद्धको मावली पन्डितपुर देवदह, मदारबाबा र गजेन्द्र मोक्ष्धाम तथा
बालमिकी आश्रम रहेको प्रचार प्रसार सतिका संयोजक श्रीधर बस्यालले बताए । उनका अनुसार पर्यपर्यटनको
क्षेत्रलाई पनि वृत्तचित्रमा समेटिएको छ ।

– हुसैन
अंसारी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का