2026-07-25 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बिमल घर्ती र अमृत चौधरीका गाउँबासीमा खुसीयाली

फागुन ५, नवलपरासी । नेपाल भारतमा भएको दक्षिण एशियाली खेल
सागमा फुटवलतर्फ च्याम्पियन भएपछि नवलपरासी सहित देशैभर तथा विदेशमा रहेका नेपालीहरुमा समेत खुसीयाली
छाएको छ । नेपालले भारतसंगको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै स्वर्ण पदक जितेपछि बर्दघाटमा रहेका बिमल
घर्ती र अमृत चौधरीका परिवारमा पनि खुसीको सिमा छैन । बिमल घर्तीको घर बर्दघाटको पञ्चनगरवासी र चौधरीको
घर बेताहानी वासीमा समेत खुसीयाली छाएको हो ।

अखिल नेपाल फुटवल संघ (एन्फा) नवलपरासीका अध्यक्ष
प्रकाश पंगेनीले राष्ट्रिय फुटवल टिममा रहेका दुई जना खेलाडीको घर बर्दघाटमा रहेको स्मरण गर्दै फुटवलमा
नवलपरासीको महत्वपुर्ण भुमिका रहेको र फुटवलले नेपाली नागरिकलाई खुसी दिएको बताउनुभएको छ ।
बिमल घर्ती
संगै बर्दघाटमा अमृत चौधरी पनि राष्ट्रिय फुटवल टिमका गोलकिपर रहेका छन् ।
bimal gharti and amrit chaudhari - nawalparasi
football playerत्यस्तै गोलकिपर अमृत चौधरीकी आमा सबित्री चौधरीले
छोराको प्रगतिबाट आफु खुसी रहेको उल्लेख गर्नुभएको छ ।
त्यस्तै घर्ती र चौधरीका गाउका गाउवासीहरु समेत
फुटवलले नेपालीलाई खुसी दिएको भन्दै आफुहरु खुसी भएको बताएका छन् । फुटवलमा आफुहरुले २ जना राष्ट्रिय
खेलाडी दिएको भन्दै त्यसबाट बर्दघाट मात्र नभएर सिंगो राष्ट्रकै शिर उचो भएका बर्दघाट नगरपालिकाका
बासिन्दाको भनाई छ ।

त्यस्तै यु १९ विश्वकपका उत्कृष्ट ११ खेलाडीको सूचीमा नवलपरासी रजहरका सन्दिप
लामिछाने छानिएकोमा खेलपे्रमीहरुमा खुसी छाएको छ । विश्व क्रिकेट परिषद आइसिसिले मंगलबार तयार गरेको
‘फ्युचर स्टार्स’को सूचीमा नेपाली बलर सन्दिपले सो स्थान पाएका थिए । लामिछाने देवचुलस् उच्च मावि
रजहरका बिद्यार्थी समेत रहेका छन् ।

 

– रवि पाण्डे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक