१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आज नवलपरासीको सुनवल मेलामा आर्थिक कारोबार ४९ लाख

५ फाल्गुन २०७२, बुधबार १४:४७

फागुन ५, नवलपरासी । सुनवल परासीको सुनवल
नगरपालिकामा संचालित पश्चिमाञ्चल स्तरीय दोश्रो औधोगिक व्यापार मेलाको आज आर्थिक कारोबार ४९ लाख भएको छ
भने अवलोकनकर्ता ९ हजार ८ सय पुगेका छन् ।

उद्योग बाणिज्य संघ
नवलपरासीले गत माघ २९ गतेदेखि आयोजना गरेको यस औद्योगिक व्यपार मेलामा, सवारी साधन, ईलेक्ट्रोनिकस समान,
कपडा लत्ता, खेल खेलौना, जुत्ता चप्पल, फर्निचर, बाल उद्यान, खना खाजा, टिकट खरिद लगायतका विभिन्न
सामानहरुको खरिद विक्रीबाट सो आर्थिक कारोबार भएको उद्योग वाण्यि संघका अध्यक्ष भिम बहादुर थापा
क्ष्ोत्रीले बताउनु भयो ।

मेलाको आज ६ दिनको अवधिभरिमा करिब २
करोड ५ लाख रुपिया बराबरको आर्थिक कारोबार भएको छ भने मेला अवलोकन कर्ता ५० हजार भन्दा बढि पुगेको मेला
प्रवक्ता तथा संघका महासचिव गिरीराज पाण्डेले बताउनु भयो । मेलामा कृषि, पर्यटन, उद्योग, व्यपार,
सांस्कृति, र सूचना प्रविधिको बृहत प्रर्दशनी प्रवक्ता पाण्डेले बताउनु भयो ।

प्रदर्शनी मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका
सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि
औजार तथा समाग्री, कृषि उत्पादनहरु, खेलखेलौनाहरु,बाल उद्यानका खेलहरु, पर्यटन र सूचना केन्द्र एबं
प्रबद्र्धनका स्टलहरु गरि ३०० भन्दा बढी स्टल रहेका संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले
बताउनु भयो ।

मेलामा विभिन्न राष्टिय एवं स्थानिय कलाकारहरुको
बेजोड प्रस्तुती समेत रहेको छ । मेलामा अस्ट्रिचको मासु तथा मःमः, च्याउको मःमः, लोकल रोटी लगायतका
खानाका परिकार समेत पाइएको छ । मेलामा भारतको उत्तर प्रदश, विहार र जिल्ला तथा छिमेकी जिल्लाको ग्रामिण
तथा सहरी लगायतका ठाउँहरुबाट दर्शकहरुको भिडभाड रहेको पाइएको छ । मेलामा जिल्लाका विभिन्न ठाउँका
विद्यालयहरुले विद्यालयका विद्यार्थीहरुलाई सामुहिक रुपमा मेला अवलोकन गराउन ल्याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का