2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आज नवलपरासीको सुनवल मेलामा आर्थिक कारोबार ४९ लाख

फागुन ५, नवलपरासी । सुनवल परासीको सुनवल
नगरपालिकामा संचालित पश्चिमाञ्चल स्तरीय दोश्रो औधोगिक व्यापार मेलाको आज आर्थिक कारोबार ४९ लाख भएको छ
भने अवलोकनकर्ता ९ हजार ८ सय पुगेका छन् ।

उद्योग बाणिज्य संघ
नवलपरासीले गत माघ २९ गतेदेखि आयोजना गरेको यस औद्योगिक व्यपार मेलामा, सवारी साधन, ईलेक्ट्रोनिकस समान,
कपडा लत्ता, खेल खेलौना, जुत्ता चप्पल, फर्निचर, बाल उद्यान, खना खाजा, टिकट खरिद लगायतका विभिन्न
सामानहरुको खरिद विक्रीबाट सो आर्थिक कारोबार भएको उद्योग वाण्यि संघका अध्यक्ष भिम बहादुर थापा
क्ष्ोत्रीले बताउनु भयो ।

मेलाको आज ६ दिनको अवधिभरिमा करिब २
करोड ५ लाख रुपिया बराबरको आर्थिक कारोबार भएको छ भने मेला अवलोकन कर्ता ५० हजार भन्दा बढि पुगेको मेला
प्रवक्ता तथा संघका महासचिव गिरीराज पाण्डेले बताउनु भयो । मेलामा कृषि, पर्यटन, उद्योग, व्यपार,
सांस्कृति, र सूचना प्रविधिको बृहत प्रर्दशनी प्रवक्ता पाण्डेले बताउनु भयो ।

प्रदर्शनी मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका
सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि
औजार तथा समाग्री, कृषि उत्पादनहरु, खेलखेलौनाहरु,बाल उद्यानका खेलहरु, पर्यटन र सूचना केन्द्र एबं
प्रबद्र्धनका स्टलहरु गरि ३०० भन्दा बढी स्टल रहेका संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले
बताउनु भयो ।

मेलामा विभिन्न राष्टिय एवं स्थानिय कलाकारहरुको
बेजोड प्रस्तुती समेत रहेको छ । मेलामा अस्ट्रिचको मासु तथा मःमः, च्याउको मःमः, लोकल रोटी लगायतका
खानाका परिकार समेत पाइएको छ । मेलामा भारतको उत्तर प्रदश, विहार र जिल्ला तथा छिमेकी जिल्लाको ग्रामिण
तथा सहरी लगायतका ठाउँहरुबाट दर्शकहरुको भिडभाड रहेको पाइएको छ । मेलामा जिल्लाका विभिन्न ठाउँका
विद्यालयहरुले विद्यालयका विद्यार्थीहरुलाई सामुहिक रुपमा मेला अवलोकन गराउन ल्याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई