पर्वत । पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको प्रदर्शनी गर्ने बताएको आयोजकले हल्लामात्रै फिजाएको बुझिएको छ । महोत्सवमा अस्ट्रिच, ऊट र चौरी ल्याउनको लागि भनिएको व्यक्ति पुत्र शोकमा परेको  र ल्याउन नसकिएको भन्दै आयोजक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको प्रदर्शनी गर्ने बताएको आयोजकले हल्लामात्रै फिजाएको बुझिएको छ । महोत्सवमा अस्ट्रिच, ऊट र चौरी ल्याउनको लागि भनिएको व्यक्ति पुत्र शोकमा परेको  र ल्याउन नसकिएको भन्दै आयोजक"/>

2026-07-11 01:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको हल्लामात्रै

2017-01-28


पर्वत । पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको प्रदर्शनी गर्ने बताएको आयोजकले हल्लामात्रै फिजाएको बुझिएको छ । महोत्सवमा अस्ट्रिच, ऊट र चौरी ल्याउनको लागि भनिएको व्यक्ति पुत्र शोकमा परेको  र ल्याउन नसकिएको भन्दै आयोजक पन्छिएको छ । त्यस्तै महोत्सवमा प्याराग्लाइडिङ को पनि व्यापक प्रचार भएता पनि प्याराग्लाइडिङ भने नहुने देखिएको छ । अर्को आकर्षणका रुपमा रहेको जलयात्रा अर्थात् ¥याफ्टिङको लागि पनि खासै दर्शकले चाँसो देखाएको पाइदैन । जलयात्राको लागि ८ सयको दररेट तोकि राखिएता पनि हालसम्म कुनै पनि टिक ट विक्रि हुन सकेको छैन ।तर आयोजकले १४ वटा टिकट विक्रि भएको दाबी गरेको छ । 

झरीका कारण प्रभावित बनेको पाँचौ पर्वतको तेस्रो दिन आज घमाइलो भएसँगै चलहलपहल शुरु भएको छ तर सोचे अनुसार भने अझै पनि चहलपहल हुन सकेको देखिदैन । आधा दिन वितिसक्दा पनि महोत्सव परिसरमा दर्शकको चाप न्यून रहेको पाइन्छ । 

महोत्सवमा लघुउद्यम र स्थानीय उत्पादनको भन्दा पनि बढि विदेशी सामानहरुको विक्रिवितरणका स्टलहरु रहेको पाइन्छ । महोत्सवमा भारतीय र चाइनिज मालसमानको बढी स्टल रहेका छन् । लघु तथा घरेलु उद्यमको भने १५ वटा स्थल रहेको आयोजकले दाबी गरेको छ ।  महोत्सव यहि माघ २२ गतेसम्म संचालन हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित