३१ असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बिमल घर्तिसँग मुन्द्रे र हेमन्त शर्माको एअरपोर्टमा जम्काभेट भएपछि…

६ फाल्गुन २०७२, बिहीबार ०९:०२

गोपिकृष्ण चापागाई /फागुन ६, नवलपरासी । नेपाल भारतमा भएको दक्षिण एशियाली
खेल सागमा फुटवलतर्फ च्याम्पियन भएपछि यतिखेर नेपालभरी खुसीयाली छाएको छ । नेपालले भारतसंगको खेलमा
उत्कृष्ट प्रर्दशन गर्दै स्वर्ण पदक जितेपछि अहिले हरेक नेपालीको मनमा खुसीयाली छ । नाकाबन्दी लगाएर
नेपाललाई दुख दिइरहेको भारतमाथि बिजयी हासिल गर्दा यतिखेर सामाजिक सञ्जालका भित्ताहरुमा भारतका बिषयमा
बिभिन्न टिकाटिप्पणी लेखिएका छन् ।
bimal and mundreखेलाडीहरु बुधबार
नेपाल फर्कदा भब्य स्वागत पनि गरीयो । यसका साथै नवलपरासी जिल्लाका खेलाडी बिमल घर्ति यतिखेर नवलपरासी
आएका छन् । बिमलको घर नवलपरासी बर्दघाटको पञ्चनगरमा पर्दछन् ।

आज (बिहिबार) बिहान त्रिभुवन बिमानस्थलमा बिमल घर्ति र चर्चित हाँस्यव्यंग्यकार जितु नेपाल
(मुन्द्रे)को जम्मा भेट भयो । अघिल्लो दिन लाखौं नेपालीहरुको भिडमा भेटीएका बिमलसँग आज एउटै जहाजमा चढेर
भैरहवासम्मको यात्रा गर्दा मुन्द्रे दंगछन् । साथै बिमलपनि हाँस्यव्यंगकार मुन्द्रेसँगको मिठा मिठागफ
सँगै यात्रामा खुसी देखिन्थे । यस्तैक्रममा जितु नेपालले आफ्नो फेसबुकमा अपलोड गरेको तस्बिर हामी यहाँ
देखाउँदै छौं । साथै उनले बिमलसँगको भेटघाटको क्रममा भएका कुराहरु आफ्नो स्टाटसमा लेखेका छन् ।
jitu nepal's status

त्यस्तै चर्चित गायक हेमन्त शर्मा आज नवलपरासीको सुनवलको एक मेलामा सहभागी
भएका छन् । यस्तैक्रममा गायक हेमन्त शर्मासँग पनि भैरहवा एअरपोर्टमा बिमल घर्तिसँग जम्का भेट भयो ।
काठमाडौंबाट बिमल र कलाकार मुन्द्रे सँगै भैरहवासम्म पुगे र भैरहवामा हेमन्त शर्मासँग जम्का भेट हुन
पुगे । अनि हेमन्त शर्माको फेसबुकमा हालियो यस्तो तस्बिरः (तलको सामुहिक तस्बिर) —
साथमा
हेमन्तशर्माकी श्रीमती रितु शर्मापनि सँगै हुनुहुन्छ ।
bimal, hemant and mundre
hemant and bimal
तस्बिरः जितु नेपाल र हेमन्त
शर्माबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग संसद् विघटनको कुराले मलाई पछ्याइरह्यो :पूर्वराष्ट्रपति ‍भण्डारी ‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष ‘सरकारको कामले जनतामा आशा जगाएको छ’ राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस दुबईमा ‘श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद’ कार्यक्रम सम्पन्न बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमा: मन्त्री खडका नेप्से परिसूचक ३४ अङ्कले बढ्यो देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग