माघ १५ । डडेल्धुरा । डडेल्धुरा जिल्लाको समैजी गाबिस–५ मा पर्ने सउकाणखोलामा १९ लाखको लगानिमा हालसालै निर्मित स्टिल ट्रस्ट पुलको उद्धाटन गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि पुलको स्थानिय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले उद्धाटन गर्नु भएको हो । गाँउका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १५ । डडेल्धुरा । डडेल्धुरा जिल्लाको समैजी गाबिस–५ मा पर्ने सउकाणखोलामा १९ लाखको लगानिमा हालसालै निर्मित स्टिल ट्रस्ट पुलको उद्धाटन गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि पुलको स्थानिय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले उद्धाटन गर्नु भएको हो । गाँउका"/>
2026-07-11 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको सउकाणखोलामा छोटो समयमै स्टिल ट्रस्ट पुल निर्माण

माघ १५ । डडेल्धुरा । डडेल्धुरा जिल्लाको समैजी गाबिस–५ मा पर्ने सउकाणखोलामा १९ लाखको लगानिमा हालसालै निर्मित स्टिल ट्रस्ट पुलको उद्धाटन गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि पुलको स्थानिय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले उद्धाटन गर्नु भएको हो । गाँउका नागरिकहरुलाई वारिपारि जान सजिलो होस भन्ने उद्धेश्यका साथ डडेल्धुरा जिल्लाका विभिन्न खोलाहरुमा पुल निर्माण कार्य भईरहेको भएतापनि समैजीमा पुल छिटो र प्राविधिकको डिजाईनका आधारमा निर्माण भएको भन्दै स्थानिय विकास अधिकारी पराजुलीले उपभोक्ताहरुलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको छ । यो आर्थिक वर्ष भित्र नै काम सम्पन्न हुने गरि जिल्लाका विभिन्न स्थानहरुमा अन्य ८ वटा पुलहरु निर्माण भईरहेको भएतापनि समैजी गाबिसमा पर्ने सौकाण पुल निर्माण समितीले भने चाँडै पुल बनाई नमूना कार्य गरेको भन्दै स्थानिय विकास अधिकारी पुलको निरिक्षण अवलोकन पश्चात पुलको उद्धाटन गर्नु भएको जिल्ला प्राविधिक कार्यालयका सहायक सव–ईन्जिनियर टेकबहादुर भण्डारीले जानकारी दिनुभएको छ । पुलका साथै स्थानिय स्तरमा जिल्ला विकास समितीको लगानीमा निर्माण भएका योजनाहरुको समेत स्थानिय विकास अधिकारी पराजुलीले अनुगमन गरेको उपभोक्ताहरुले जनाएका छन । साथै स्थानिय विकास अधिकारीले उद्धाटनकै शिलशिलामा समैजी गाविसमा निर्माणाधिन अवस्थामा रहेको सिचाई कुलोका साथै अन्य योजनाहरुको समेत अनुगमन गर्नुभएको छ ।

सो निर्माणाधिन अवस्थामा रहेको साना सिँचाई अन्तर्गत सिँचाई कुलोका लागि श्रमदान बाहेक जिल्ला बिकास समितिबाट ९ लाख ४० हजार रुपैँया र आरसिसिडब्लुबाट ९ लाख रकम भुक्तानी पाउने जिल्ला प्राविधिक कार्यालय डडेल्धुराका प्रमूख जिल्ला इन्जिनियर राम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ । अनुगमन गर्दा पुल २ महिनाको छोटो समयमै र गतिलो सरसामाग्रीहरु प्रयोग गरि निर्माण गरिएको भन्दै कुलोको वाल लगाउने कार्य जारी रहेको बताउनु भयो । श्रेष्ठले सिचाँई कुलो निर्माणमा आवश्यक सर–सामाग्रीहरु गतिला खाले प्रयोग गर्न समेत निर्देशन दिइएको बताउनु भएको छ । समयमा नै काम पुरा गरि नमूना कार्य गरेको भन्दै पुल निर्माण समितीलाई बधाई समेत दिएको पुल निर्माण समितिका सचिव दत्ती सिहं भण्डारीले जानकारी दिनु भएको छ । डडेल्धुरा जिल्लाका विभिन्न स्थानिय खोला र नदिहरुमा २ वटा स्टिल ट्रस र ६ वटा झोलुङ्गे पुलहरु निर्माण भईरहेको जिल्ला प्राविधिक कार्यालय डडेल्धुराले जनाएको छ । 

पुल निर्माण गर्ने क्रममा समैजी गाविसको सौकाण खोला र गाङ्खेत गाबिसको ऐरी खोलामा स्टिल ट्रसपुल र अन्य अशिग्राम गाबिसको कोटगाणे खोला, परशुराम नगरपालिका जोगवुढाको गाईबाँधेखोला, शिर्ष गाबिसको आनातोलिखोला, मष्टामाण्डौ गाबिसको कुईतणाखोला, गणेशपुर गाबिसको गर्ता (फिन्नेकोट) खोला र रुपालको चाडीखोलामा झोलुङ्गे पुलहरु निर्माण भईरहेको झोलुङ्गेपुलका श्रोत (फोकल) व्यक्ती समेत रहेका सहायक सव ईन्जिनियर भण्डारीले जानकारी दिनु भएको छ । खोलामा पुल नहुदाँ वर्षायाममा बालबालिकाहरुको विद्यालय जान नपाउने समस्या टरेको पुल निर्माण समितीका अध्यक्ष मोहन भण्डारीले बताउनु भयो । पुल निर्माण हुँदा आफुहरुको बर्षौ देखिको सपना पुरा भएको भन्दै स्थानियहरुले खुसी व्यक्त गरेका छन । स्थानिय खोलाहरुमा पुल निर्माण कार्यले विधार्थी, बालबालिका र सर्वसाधारणहरुलाई आवत–जावतका लागि सजिलो हुनुका साथै वर्षाको बेला खोलाले बगाउने र अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता टरको भन्दै स्थानिय उपभोक्ताहरु खुसि बनेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला