माघ १६,डडेल्धुरा ।  डडेल्धुरा जिल्लामा पछिल्ला बर्षहरुको तुलनामा यस बर्ष कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा आइतबार सार्वजनिक तथ्याङ्कका आधारमा पछिल्ला दुई आर्थिक बर्षहरुको तुलनामा यसबर्ष कुष्ठ रोगका बिरामीह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १६,डडेल्धुरा ।  डडेल्धुरा जिल्लामा पछिल्ला बर्षहरुको तुलनामा यस बर्ष कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा आइतबार सार्वजनिक तथ्याङ्कका आधारमा पछिल्ला दुई आर्थिक बर्षहरुको तुलनामा यसबर्ष कुष्ठ रोगका बिरामीह"/>
2026-07-11 03:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बिगतका बर्षहरुको तुलनामा यसबर्ष डडेल्धुरा जिल्लामा कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि

माघ १६,डडेल्धुरा ।  डडेल्धुरा जिल्लामा पछिल्ला बर्षहरुको तुलनामा यस बर्ष कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा आइतबार सार्वजनिक तथ्याङ्कका आधारमा पछिल्ला दुई आर्थिक बर्षहरुको तुलनामा यसबर्ष कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि भएको हो । गत आर्थिक बर्ष २०७२÷०७३ मा ८ जना कुष्ठ रोगका बिरामीहरु रहेका थिए भने चालु आर्थिक बर्ष २०७३÷०७४ को अहिले सम्ममा ९ जना कुष्ठ रोगका बिरामीहरु रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । जसमा गत बर्षको तुलनामा यस बर्ष १ जना बिरामी बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका क्षयकुष्ठ सुपरभाइजर सुरज खड्काले जानकारी दिनुभएको छ । आवाज..

खड्काका अनुसार ९ जना कुष्ठ रोगका बिरामीहरु मध्ये ७ जना कुष्ठरोगका धेरै किटाणु भएका बिरामीहरु र २ जना कम किटाणु भएका बिरामीहरु रहेका छन । यस्तै आर्थिक बर्ष २०७१÷०७२ मा १७ जना कुष्ठ रोगका बिरामीहरु रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । बिरामीहरुको संख्यामा बृद्धि हुनुको एकिन कारण भने थाहा हुन नसकेको उहाँले बताउनु भयो । कुष्ठ रोगका बिरामीहरुलाई निःशुल्क औषधि तथा विशेष उपचारको व्यवस्था मिलाइएको जानकारी दिदै नियमित रुपमा औषधि सेवन गर्नेहरुको सङ्ख्या पनि बढ्दै गइरहेको क्षयकुष्ठ सुपरभाइजर खड्काले जानकारी दिनुभएको छ । उहाँका अनुसार कुष्ठरोग लागेका कारण वैवाहिक, रोजगारी, व्यक्तिगत, सामाजिक, धार्मिकलगायतका कार्यमा कुष्ठरोगीलाई समस्या आउने गरेको छ । यो रोगको उपचारका लागि कुष्ठरोगका धेरै किटाणु भएको व्यक्तिले लगातार एक वर्षसम्म रिफामपिसन, ड््याप्सोन र क्लोफाजामिन भन्ने तीन प्रकारको बहुऔषधिको सेवन गर्नुपर्ने उहाँले बताउनुभयो । यसैगरी कुष्ठरोगका थोरै किटाणु भएका व्यक्तिले छ महिनासम्म रिफामपिसन र ड्याप्सोन गरी दुई प्रकारको औषधि सेवन गर्नुपर्ने जनाइएको छ । कुष्ठरोग जुनसुकै उमेरका मानिसमा लाग्ने गरिए पनि विशेष गरी १०–१४ र ३५–४४ वर्ष उमेरका मानिसमा यो रोगको प्रभाव बढी देखिने गरेको क्षयकुष्ठ सुपरभाइजर खड्काले बताउनुभयो ।

यसैबीच ‘समयमानै कुष्ठरोगको उपचार गराँैं, अपाङ्गता हुनबाट बचौं’ भन्ने मूलनाराका साथ डडेल्धुरामा पनि ६४औं विश्व कुष्ठरोग दिवस मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा पोखरा बजार देखि उग्रतारा स्वास्थ्य चौकी सम्म सचेतनामूलक ¥याली समेत निकालिएको थियो । ¥याली पश्चात उग्रतारा स्वास्थ्य चौकी पोखरामा एक औपचारिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न सरोकारवाला निकायका प्रमूख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, बिभिन्न क्षेत्रका प्रमूख तथा प्रतिनिधिहरु र स्थानिय नागरिकहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या