नवलपरासीको औधोगिक व्यापार मेलामा दर्शकको घुईचो, आर्थिक कारोबार करिब ८० लाख

साझासवाल

फागुन ८, नवलपरासी । नवलपरासीको
सुनवलमा सुरु भएको पश्चिमाञ्चल स्तरीय दोश्रो औधोगिक व्यापार मेलामा दर्शरुकहको घुईचो लागेको छ । मेलाको
आज नांै दिन शनिबार झन्डै २० हजार दर्शकले मेला अवलोकन गरेका छन् भने मेलामा आर्थिक कारोबार करिब ८० लाख
भएको छ ।

nawalparasi parasi 2
उद्योग बाणिज्य संघ नवलपरासीले आयोजना गरेको
औद्योगिक व्यपार मेलाको विभिन्न आकर्षण तथा मेलाको उचित व्यवस्थापनले मेला अवलोकनकर्ताहरुको भिडभाड हुने
गरेको मेला प्रवक्ता तथा उद्योग वाणिज्य संघ महासचिव गिरीराज पाण्डेले बताउनु भयो । मेलामा दर्शकहरुको
भिडभाड भएपछि मेलामा आर्थिक कारोबार पनि बढेको हो । खास गरि मेलामा सजाइएको आईटीका ईन्टल र सवारी
साधनहरुको विक्रीमा बढि कारोबार भएको प्रवक्ता पाण्डेले बताउनु भयो ।

मेलामा कृषि, पर्यटन, उद्योग, व्यपार प्रर्वद्धन एवं सूचना प्रविधिको बृहत प्रर्दशनीले भारतको
उत्तर तथा विहार प्रदेश र जिल्लाको ग्रामिण क्ष्ँेत्र लगायत सबै क्षेत्रका जनताहरुको बाक्लो उपस्थिति
रहेको पाइएको छ ।

nawalparasi parasi

मेलामा मुख्य आकर्षणको रुपमा रहेको रामग्राम स्तुपको आकारको
मुख्य प्रवेश द्धार, आईटी, कृषि, सवारी साधनहरुको ईन्टल, बाल उद्यान र सांस्कृति मन्च तथा राष्टिय
स्तरका कलाकारहरु रहेको संघका सदस्य एवं सांस्कृति कार्यक्रमका संयोजक शंकर नेपालले बताउनु भयो ।

प्रदर्शनी मेलामा राष्टिय स्तरका लोक गायक दिपक खडका, रमेश भटराई, बद्री
पंगेनी, जानकी तारमी मगर र हास्य कलाकार राजा राजेन्द्र पोख्रेलेका बेजोड प्रस्तुती रहेको थियो । ति
कलाकारहरुको कला तथा सांस्कृति प्रस्तुतीले मेला अवलोकनकर्ताहरुलाई निकौ लोभ्याएको संयोजक नेपालले
बताउनु भयो ।

nawalparasi parasi 1
प्रर्दशनीमा तयारी पोशाक, जुत्ता र छालाजन्य
उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, अटोमोबाईल, औषधी
जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं
प्रबद्र्धनका स्टलहरु गरि ३ सय भन्दा बढि ईन्टलहरु राखिएका छन् ।

मेलामा आउने दर्शकहरुलाई जिल्लाको बिभिन्न ऐतिहासिक पुरातात्वीक एवं धार्मीक तथा पर्यटकीय
स्थलहरुको बारेमा वृत्तचित्रमाफर्त जानकारी गराउने समेत कार्य भैरहको संघले जनाएको छ । यस दुईसाताको
मेलाबाट संघले सात करोडको कारोबार हुने र करिब ३ लाख दर्शकले मेला अवालेकन गर्ने अपेक्षा गरेको छ

Leave a Comment

Leave a Reply