प्रज्वल पाैडेल । माघ १६, रामेछाप । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई रामे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । माघ १६, रामेछाप । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई रामे"/>
2026-09-18 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

गृहजिल्ला रामेछापमा कुलमानलाई अभिनन्दन

रामेछापका सबै गाविसमा विद्युतीकरणको लागि बजेट विनियोजन भइसक्याे : घिसिङ

प्रज्वल पाैडेल । माघ १६, रामेछाप । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई रामेछापको बेथानमा भब्य स्वागत गरिएको छ । प्राधिकरणको कार्यकारी निर्देशक भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका घिसिङलाई बेथानस्थित डहु माविमा अाइतबार भएको एक कार्यक्रममा अभिनन्दन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले विद्युतकाे माग र अापुर्तिकाे कुशल व्यवस्थापनले नै अहिले काठमाण्डौ लगाएतका देशका प्रमुख शहरहरू

लोडसेडिङमुक्त भएकाे बताउनुभयाे । उहाँले दिर्घकालिन रुपमा नेपाललाई जलविद्युतमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने बिषयमा आफुले अध्ययन गरिरहेको जानकारी दिनुभयाे। सुनकोसी नदीमा निर्माण हुने जलविद्युत आयोजनालाई मध्यनजर गर्दै रामेछापको राकाथुम गाविसमा सवस्टेसन बनाउने कार्य अगाडि बढाएको बताउदै घिसिङले भन्नुभयाे – याे सवस्टेशन मार्फत हिमाल पहाड र तराई क्षेत्रमा विद्युत वितरण गर्न सहज हुने योजना बनाइएकाे छ । नेपालको पानी जनताको लगानी कार्यक्रम मार्फत केही गर्न सकिन्छ कि भनेर उर्जा मन्त्रालयकाे पहलमा जलविद्युतमा लगानी गर्नको लागि अनलाइनमा अावेदनकाे व्यवस्था गरिएको बताउदै उहाँले हालसम्म ३ अर्ब सम्मको अनलाईन मार्फत प्रतिबद्धता आइसकेकाे जानकारी दिनुभयाे। उहाँले धेरै नागरिक अझै पनि लोडसेडिङको मारमा रहेको भन्दै अँध्यारोमा बस्नेलाई बत्ती दिनु आफ्नो पहिलो काम भएको बताउनुभयो ।

घिसिङले रामेछापमा विजुली बाल्न बाँकी रहेका सबै गाविसमा विद्युतीकरणको लागि बजेट विनियोजन भइसकेको जानकारी दिनुभयाे । डहु माविका भूतपूर्व विद्यार्थी समेत रहेका घिसिङलाई विद्यालयका संस्थापक सदस्य प्रतापसिंह लामाबाट नागरिक अभिन्नदन गरेसँगै उहाँलाई सम्मान गर्नेकाे लाइन लागेकाे थियाे । विद्यालयमा जडान भएको इन्टरनेट र सिसी क्यामेराको समेत प्राधिकरण प्रमुख घिसिङले शुभारम्भ गर्नुभयो । डहु माविका प्रधानाध्यापक दलबहादुर लामाका अनुसार विद्यालयमा  इन्टरनेट सहितका २२ वटा कम्प्युटर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई